सगरमाथा रङ्गिनेछ

सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
माटो बँग्नेछ हाम्रो आफ्नै धड्कनमा

आफै बुन्छौ कंचनजङ्घा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउछौ नैनीताल आँदो साउनमा
माटो बँग्नेछ हाम्रो आफ्नै धड्कनमा

सुस्ता-काली गर्जीदिन्छ
कालापानी उर्लीदिन्छ
कागँडा र टिस्टा हाँस्दा मेरै आँगनमा
माटो बँग्नेछ हाम्रो आफ्नै धड्कनमा

०६५-११-२८

2 comments (Click here to Comment):

नदीश said...

तपाइ एउटा राम्रो गीतकार पनि हो...

नाकिमा said...

सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
धड्किनेछ माटो हाम्रो आफ्नै धड्कनमा

आफै चुम्छौं कंचनजङ्गा
आफै चुन्छौं स्वतन्त्रता
फिर्ता ल्याउँछौं नैनीताल आउँदो साउनमा
धड्किनेछ माटो हाम्रो आफ्नै धड्कनमा

सुस्ता-काली गर्जिदिन्छ
कालापानी उर्लिदिन्छ
कागँडा र टिस्टा हाँस्दा मेरै आँगनमा
धड्किनेछ माटो हाम्रो आफ्नै धड्कनमा

Post a Comment