कालो बादल चिरेर...


गीत

कालो बादल चिरेर खुल्छ रातो घाम
फुल्नु छ गुँरास, फुल्छ कुनै याम

परेलीबाट रगत बँग्ला कति क्षण ?
रुनेहरु हाँस्ने आउला कुनै दिन
ढल्नु छ विभेद, ढल्छ कालो नाम
फुल्नु छ गुँरास, फुल्छ कुनै याम

बढ्छौं जित भेट्न, अब लुकिन्न
झुक्यौ युगौयुग, अब झुकिन्न
जल्नु छ अन्याय, जल्छ कु-काम
फुल्नु छ गुँरास, फुल्छ कुनै याम