बुद्ध र गान्धि


जसो जसो गान्धि भन्छ
उसो उसो बुद्ध गर्छ |

गान्धि बुइँ चढा भन्छ
बुद्ध गान्धिलाई पिठ्युमा बोक्छ |

गान्धि झुकेर बस् भन्छ
बुद्ध झन् सुतेर नमस्ते गर्छ |

गान्धि खोलो मेरो भो भन्छ
बुद्ध नदीहरु नै पठाइदिन्छ |

गान्धि माटो चाहियो भन्छ
बुद्ध पुरै कान्ला दिन्छ |

आखीर गान्धि मालिक बन्छ
बुद्ध सधै 'जी हजुर' गर्छ |

साच्चै !
कति हिँस्रक छन्
यी आधुनिक बुद्ध अनि गान्धिहरु |
(26-09-066)

3 comments (Click here to Comment):

नाकिमा said...

प्रगतिवादी कविहरुले बुद्ध र गान्धीलाई सायदै बिम्ब बनाएका छन् । यदि बनाएका छन् भने पनि यति प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छैनन् ।

नदीश said...

यो हो सही विम्व छनौट र प्रभाककारी प्रस्तुतिको उच्चतम नमूना !!

Anonymous said...

Pratibadi kabi haru maathi yehi lekh lekhi biswa samudaya haruma bhram paar6.

Post a Comment