हल्का हावा बेइमान हुदैन
बताँसको भने इमान हुदैन
व्यर्थ छ पाप पछिको चित्कार
हुरीको कुनै कान हुदैन
के बँच्ला तिम्रो लुटको स्वर्ग ?
आँधि-बेरीको ठेगान हुदैन
डराओस पनि आखिर किन ?
सिरेटोको जहान हुदैन
लुकोस वैरी जहाकतै
भुमरी कहिल्यै अञ्जान हुदैन
थाक्दैन कहिल्यै, दौडिन्छ सधै
तुफान सुत्ने सिरान हुदैन
आफ्नो संसार बनाउँछ आफै
सुनामि-युगमा भगवान हुदैन
Subscribe to:
Post Comments (Atom)
3 comments (Click here to Comment):
विशदजी, यो गजलमा हल्का हावा छिरेको छ । ढोका राम्ररी बन्द गर्नुहोला ।
नाकिमा said...
विशदजी, यो गजलमा हल्का हावा छिरेको छ । ढोका राम्ररी बन्द गर्नुहोला ।
January 29, 2010 1:19 PM
गजल भन्दा कमेन्ट रमाइलो लाग्यो !
Post a Comment