जाली तिलहरीहरु !


उड्न देउ दिदी मनभित्रका चरीहरु
उडाइदेऊ अब जाली तिलहरीहरु

फरियामा आशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बली दिन्छ्यौ किन ?
जन्माउ न फेरी, शिखर चुम्ने परीहरु
उडाइदेऊ अब जाली तिलहरीहरु

जून टेक्छिन दैलोनिर
मात्र आवाज दिइहेर
धरती झुक्छिन तिमीतिर
लाचारीलाई छोडिहेर
हेर आकाश, फेर आकाश, ए ! नवनारीहरु
उडाइदेऊ अब जाली तिलहरीहरु

2 comments (Click here to Comment):

नदीश said...

दिल खोलेरै राम्रो भनिदिएँ है मैले त !

नाकिमा said...

विशदले सधै शब्द संयोजन र प्रस्तुतिलाई ध्यान दिन सके यतिकै सुन्दर र सक्तिशाली हुनेछन् उनका हरेक सिर्जनाहरु ।

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |