दुई देश

Source: http://blogbishad.blogspot.com 

यो दुनियामा मात्र दुईवटा देश छन्
एउटा काजी देश
अर्को पाजी देश ।

काजी देशः

ड्याम्म पड्काउछ कार्बनको धुँवा
पगाल्छ  'सगरमाथा' हिउगिदी
डुबाउछ 'माल्दिभ्स' कलेजो
बटुल्छ डलर
र दगुर्छ
सबैभन्दा सुरक्षित (?)
ह्वाइटहाउस खप्परभित्र ।

पाजी देशः
मजाले निल्छ कार्बनको धुँवा
र खोकिरहन्छ नमरुन्जेल
ऊ पगाँल्छ आशु
र सोच्छ
बाढी आउनुमा
पहिरो आउनुमा
उसको आशुको दोष छ ।

पाजी देश
लगभग डुबिसक्यो
अन्टार्टिका पाइतलासँगै
ग्रीनल्याण्ड खुट्टासँगै
माल्दिभ्स पेटसँगै
र सगरमाथा शीरसँगै


उता काजी देशमा
अब केहिबेरमै
'ग्लोबल वार्मिङ्ग' बारे
भव्य मिटिङ्ग चल्दैछ ।
(२७-०६-०६७)

(नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयद्धारा प्रकाशित 'मिर्मिरे', साहित्यिक अंक, २०७७ बाट साभार)



1 comments (Click here to Comment):

Raja Puniani राजा पुनियानी said...

विशदजीको विशद काव्यपौरुष देखेर म छक्क परें...
बधाइ यति स्तरीय कविता लेखिनुभएकोमा...

Post a Comment