Source: http://blogbishad.blogspot.com
हिलेको ठाडो उकालोको फेदीमा
लामो सासको अन्तिम प्रयास थाल्दा नथाल्दै
म अबोध ओठ खोलेर भन्थे
आमा यो उकालोमा कति धाउछ्यौ तिमी
तिमी त यो पहाडभन्दा धेरै ठूली छ्यौ
के यो पहाड तिमी भत्काउन सक्दैन्यौ

चुलोको छेउमा आँखा मिच्दै
धुवाको बिचमा थोरै अनुहार नियालेर
म भन्थे
आमा तिमी त हिमाल हौ नी हिमाल
के मेरो भोक तिमी मेटाउन सक्दैन्यौ
उनी केवल ढाड घुमाएर
मलाई रामसिताको कहानी
दोहोुउदै सुनाउथीन

मैले देखेथे
मेरी आमाको आँखामा
कैयौ मिठा सपनाहरु
तर मैले कुनै पुरा भएको देख्न पाइन
तैपनि म जानीनजानी सोध्थे
आमा तिमीलाई भोक लागेको छैन

मेरी आमा भोकको कठोर प्रहारसँग
अनी
सन्तानको अधुरो कथासँग डराएर
त्यै पहाडको फेदीमा
वैशमै मरिन
म भने यतिाजेल दोधारमै छु
म पनि भाकै मरु
या
हिलेको त्यो पहाड भत्काउन जाउ ?
०९-०४-०६५

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |