Source: http://blogbishad.blogspot.com
कसले भन्छ पृथ्वी बढ्दैन
राता घासहरु हरीयाली छर्दै मौलाएको बेला
काला दरबारहरु रुदै रुदै ढलेको बेला
पृथ्वी आफै बढ्दो रै छ
अनन्त आकाश ढाक्ने गरेर

भोकाहरुको झण्डा फर्फराउदै
गगनभेदी नाराहरु दन्केका बेला
लाखौलाख मान्छेहरु
राता सपना लिएर निस्केका बेला
पृथ्वी आफै बढदो रै छ
ब्रम्हाण्ड फेरी थर्काउने गरेर

मृत्युलाई पनि जिवन ठान्नेहरुले
जगत बचाउन मुटु छिचोलेको बेला
हासीहासी जिवन उत्सर्ग गरेको बेला
पृथ्वी आफै बढ्दो रै छ
जगत सारा हाक्ने गरेर

कतै कुनै अधेरीमा हुत्तिएका
लाटाहरु पनि बोलेको बेला
लङ्गडाहरु पनि दौडिएको बेला
पृथ्वी आफै बढ्दो रै छ
नँया युग ल्याउने गरेर
१२-११-०६३

0 comments (Click here to Comment):

Post a Comment