खालीपन

भित्तामा ऐना छ
बल्ब छ
केही पेन्टिङहरू छन्
र छ एउटा खाली फ्रेम ।

टेबलमा किताब छन्
फूलदानी छ
पानीको बोतल छ
र छ केही खाली पाना  ।

ओछ्यानमा सिरानी छ
मोबाइल छ
अनिद्रा छ
र छ एउटा खाली मन।

त्यो फ्रेममा नटाँगिएको
तिम्रो फोटोले बोलाउदा
ती पानामा नलेखिएको
कुनै कथाले झस्काउदा
यो मनभित्र नबगेको
समयले सताउदा
थाहा पाए
खालीपन खाली नहुदो  रै'छ ।

(21-01-071)

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |