मञ्जुर ?

अब पाउरोटीको सोफामुनी रातारात भेटिदैछ
चटपट खाएर फालेका पुराना कागज
यहि कागज थमाएर शीतलहरको हातहातमा
यो मौसम बाड्दैछ एक हिउदको संविधान
के मञ्जुर हुनुहुन्छ ?

सर्वोच्च चाेमोलुङ्मालाइ कुप्री पर्न लगाएर
धरहरा अझ अग्लीदैछ
कतै घोषणा हुन बेर छैन
नया सर्वोच्च शीखर 'धरहरमाथा'
के मञ्जुर हुनुहुन्छ ?

खोलीमा छरेर मन्द विष
सुस्ताएको माछा हेरेर बोल्छन् नाथ
कति शान्त छ मेरो घर
सुत्न देउ यहि स्थिर चिहानमा
यिह एकल धार्मीक सभामा सुत्न
के मञ्जुर हुनुहुन्छ ?

तपाइलाइ कागज मात्र चाहिएको हो भने
टन्नै छन् डम्पीङ साइडहरू
खोज्नु  ।
(Jan 11, 2015)

तिमि नदिभै

तिमि नदिभै बगीरहन्छ्याै
म किनारामा रूझ्दै एक्लै रमाउछु
म बगरकाे मान्छे
तिमि सागरकाे मान्छे

सूर्यकाे घाम सक्दिन म दिन
शीतल जूनकाे उजेली दिनेछु
नदाज मलाइ कुनै तारासँग
ताराभन्दा बढि म जलिदिनेछु
तिमि चरीझै उडिरहन्छ्याै
म धर्तीमा तिम्राे छाया पछ्याउछु
म धर्तीकाे मान्छे
तिमि आकाशकाे मान्छे

छ केही त संघार मनमा
सायद त्यसैले केही भन्दिनाै
मैले खाेले याे दिलकाे आकाश
तिमि त अह केही बाेल्दिनाै
तिमि अर्कै संसार राेज्दैछ्याै
म भने यात्रामा तिमिलाइ खाेज्दैछु
म डुँगाकाे मान्छे
तिमि ढुँगाकाे मान्छे