अान्दाेलन

महाेदय झर्काे नमान्नाेस्
याे सबैभन्दा नरम अान्दाेलन कविता हाे
अग्रिम निवेदन  ।

पर्खनाेस् न
के काे हतार हाे यतिविधि
कम्तीमा सक्काउन त दिनाेस्
भख्खर खाेलेकाे रमकाे बाेतल
भख्खर सल्काएकाे चुराेटकाे खिली
अाखीर अचेल टायर भन्दा
चुराेट नै धेरै जल्छ अान्दाेलनमा ।

कमरेड 'शरण'
भन्दिनु केटाहरूलाइ
अरूकाे बाइक जलाेस्, ल ठिक छ
तर टिलीक्क त्याे नया राताे पल्सर नजलाउनु
भख्खर किनेकाे छ छाेराले अाैधी रहर गरेर
क्रान्तीकारीकाे छाेरा पाे हाे त
कहा अरू रङकाे लिनु ?

हुन्छ अब निस्कनै लागे म पनि अान्दाेलनमा
ए ड्राइभर भाइ गाडी निकाल त ।

कल्ले भन्याे
यति दशकदेखीकाे अान्दाेलनले
केही उपलब्धि दिएन
यि हेर्नाेस्
दिएकाे छ
फेरि पनि दिनेछ ।

जाउ अब अान्दाेलनमा  ।

तर पहिलाजस्ताे निर्धक्क भएर
अचेल लाग्नै सक्दैन हाे अान्दाेलनमा
डर लाग्छ
यी अागाे भएका मेरै भुराहरूले
कतै बिर्सेर
मेरै गाडिमै नताकुन
मैले नै थमाएका ढुँगाका टुक्राहरू ।
(०६-११-२०७१)

0 comments (Click here to Comment):

Post a Comment