न बादलकाे कुरा गर

न बादलकाे कुरा गर
न आकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

कति ताेड्छु भन्छन् जून
जून त्यहि छ
कति झार्छु भन्छन् तारा
तारा उहि छ
न बतासकाे कुरा गर
न प्रकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

मर्छु भन्ने पनि देखे
मर्नु कुनै माया हाेइन
छाेड्छु भन्ने पनि देखे
छाेड्नु कुनै माया हाेइन
न दरबारकाे कुरा गर
न बनवासकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

0 comments (Click here to Comment):

Post a Comment