सधै सधै पर्खिरहे

सधै सधै पर्खिरहे नदी किनार ढुँगा बनेर
हिडि गयाै पारी तिमी माझिदाइकाे डुँगा बनेर

फाँटभरी राेपे माया, भीरतिर खाेज्याै
गहिराइमा खाेपे माया, तीरैतीर बुझ्याै
तुवालाेमा हराइरहे चुडिएकाे चङ्गा बनेर

हिउ भन्नु पग्ली बग्छ, पहाड उभीरन्छ
जून भन्नु हराइदिन्छ, रात कुरिरन्छ
बर्षाै कुरे म पहाड, बग्याै तिमी गँगा बनेर