म कुनै याममा

म कुनै याममा यसरी रित्तेकाे थिएन
झरीमा पनि कत्ति भिझेकाे थिएन
आज खै कता अल्झे, कता बल्झे
थाहा छैन, म छु या छैन

घामलाइ माया नगर्नु, पाेल्छ भन्थे
जूनलाइ माया नगर्नु, डुल्छ भन्थे
तिमिलाइ घामजून बनाए, गल्ती गरे हैन?
आज खै कता अल्झे, कता बल्झे
थाहा छैन, म छु या छैन

अँधेरीमा एक्लै छु, जूनकिरीकाे माया लाग्छ
पाइलैपिच्छे सम्झना छ, जिन्दगीकाे माया लाग्छ
सम्झनामा छाै, बाकि जिन्दगीमा हाेइन
आज खै कता अल्झे, कता बल्झे
थाहा छैन, म छु या छैन