यो रात आज

यो रात आज रातो छ किन, जूनमा छिटा लागेछ कि
रगत बनेर बगीरहेछ आँखाबाट आसुहरू

कहिले हुला मुक्त म, यो अनन्त अपार पिरबाट
खसिदिउ जस्ताे लाग्छ जिन्दगीजस्ताे याे भीरबाट
अध्यारो यो मनले कतै मेरो स्वास मागेछ कि
सुस्त सुस्त रूक्दैछ अब घाँटिबाट प्राण मेरो

हिड्दैछु एक्लै एक्लै, बोलाइदिने कोहि छैन
अञ्जान याे सुरूङभित्र डोहोर्याइदिने कोहि छैन
मलाइ यहि टक्क छोडि, बिहानी अन्तै जागेछ कि
म एक्लै चिच्याइरहेछु, कहा विलाउछ यी आवाजहरू

एकदिन घर बस्दा

वर्षाैपछि
वर्षाै वर्षाैपछि
एकदिन घर बस्दा
चाल पाइन्छ
जिन्दगीकाे असली चाल ।

गमलाभरी फूलिसके रहेछन् रङ्गीबिरङ्गी फूलहरू
बारीमा मगमगाउदाे रैछ ममीले लगाएकाे धनिया
भतिजी अाफुजत्तिकै अग्ली भैसकेकि रहेछ
अामाकाे अाधा कपाल फूलिसकेकाे रहेछ
लट्टाइकाे सेताे धागाेजस्तै गरी ।

न कुनै मुग्लानबाट अाजै फर्केकाे हु
न कुनै सपनाबाट अचानक ब्युझेकाे हु
दिनदिनै त अाउजाउ गरिरहन्छु
अाफ्नै घरमा, गेस्ट हाउस जस्ताे गरी ।

बल्ल बुझ्दैछु
किन अाउनुहुन्छ ममी मेराे रूमसम्म अाइरन गर्ने बहानामा
किन चियाइरहनुहुन्छ ड्याडी अाधा खुलेकाे ढाेकाबाट
बल्ल बुझ्दैछु
किन रिसाउछिन मेरी माया फाेन नउठाएकाे भन्दै
किन सुनाइरहन्छन् साथीहरू 'त ठूलाे भइस' भनेर ।

हिड्दा हिड्दै
दाैडदा दाैडदै
बिहानदेखि बेलुकासम्म
बिर्सिसकेकाे रहेछु
कसका लागी हिड्दै छु
कसका लागी दाैडदै छु ।

याे शहर
दाैडाइरहन्छ सपनाकाे म्याराथाेनमा
दिनदिनै मलाइ
अाफ्नै अात्माबाट टाढातिर ।

जून फूलेछ...

जून फूलेछ अाकाशैमा
खस्ला भन्ने डर
सल्बलाउछ मनभित्र
चीसाे चीसाे अजगर

कल्कलाउदाे झरना
जमीजाला कि
सँग सँग यात्रा सधै
नभइजाला कि
निदाइदिए तिमी नदी
मरिजान्छु म बगर
सल्बलाउछ मनभित्र
चीसाे चीसाे अजगर

वालुवाकाे हुरीभित्र
के सुन, के माटाे
पाइला साथ नभए
बेअर्थ बाटाेघाटाे
चिसाे मनमा फेरि
उठ्छ, डुब्छ यस्तै लहर
सल्बलाउछ मनभित्र
चीसाे चीसाे अजगर