जून फूलेछ...

जून फूलेछ आकाशैमा
खस्ला भन्ने डर
डर पसेछ मायाभित्र
कस्को छ र भर
आहै ! कस्को छ र भर

सुकिजाला हामीबिचको भरोशाको नदी
उडिजाला वालुवाझै मन्द-मन्द खुशी
नदी सुके आखीरमा
के नै गर्छ बगर
डर पसेछ मायाभित्र
कस्को छ र भर
आहै ! कस्को छ र भर

पानी बोकी बादल हिड्छ आकाशैको माथी
बादलभन्दा गर्हौ मन बोकिराछ छाती
छातीभित्र उठ्छ, डुब्छ
यस्तै-यस्तै लहर
डर पसेछ मायाभित्र
कस्को छ र भर

आहै ! कस्को छ र भर

1 comments (Click here to Comment):

Unknown said...

Wah wah sir

Post a Comment