जिन्दगी - २

टुटेकाे घर छ याे माटाेमा
तर अझै भर छ याे माटाेमा
यही भर नै हाे जिन्दगी

चाेटसँगै मुस्कुराउने मनजस्ताे
सँग्लीनेछ देश नया जीवनजस्ताे
केही चाेट छ याे माटाेमा
तर देश एकजुट छ याे माटाेमा
यहि एकता नै हाे जिन्दगी

ननिदाउदा लाग्छ सपनाजस्ताे
निदाउदा लाग्छ ननिदाएजस्ताे
घाइतेजस्ताे सास छ याे माटाेमा
तर केही आश छ याे माटाेमा
यहि आश नै हाे जिन्दगी

म किनार तर बगीराछु

म किनार तर बगीराछु
तिमी नदी किन राेकिराछ्याै
याे यात्रा अनाैठाे

म भिझेर नि सुकिसके
वालुवा पाे बनिसके
म वालुवा तर उडिराछु
तिमी पानी किन अडिराछ्याै
याे यात्रा अनाैठाे

सँगै छाै, साथ छैनाै
नजिक छाै, लाग्दैनाै
म पहाड तर बर्षीराछु
तिमी आकाश किन कुरिराछ्याै
याे यात्रा अनाैठाे

मैले गुलाब राेपेर माया फलाए

मैले गुलाब राेपेर माया फलाए
गुलाब त आखीर चुड्नेकाे भैगयाे
म याे माटाेमा हिड्छु भन्ने मान्छे
आकाश त आखीर उड्नेकाे भैगयाे

म जून हेर्छु
मुस्कुराउछु
केहि छ साेच्थे याे मुस्कानमा
म डाडाभरी हिड्छु
भीरमा जिउछु
केहि छ साेच्थे याे जिन्दगीमा
पाखामा दाैडिएर जिन्दगी रूझाए
जिन्दगी आखीर निथ्रूक्कै भैगयाे
म याे माटाेमा हिड्छु भन्ने मान्छे
आकाश त आखीर उड्नेकाे भैगयाे

म मेराे सपनीमा वनभरी धाए
वन मात्र पनि हाेइन रैछ संसार
चाेखाे भूमीमा चाेखै मन बनाए
मन मात्र पनि हाेइन रैछ संसार
थाेपा थाेपा सङ्गालेर चाेखाे माया लाए
माया भन्ने चिज लुट्नेकाे भैगयाे
म याे माटाेमा हिड्छु भन्ने मान्छे
आकाश त आखीर उड्नेकाे भैगयाे

अान्दाेलन

महाेदय झर्काे नमान्नाेस्
याे सबैभन्दा नरम अान्दाेलन कविता हाे
अग्रिम निवेदन  ।

पर्खनाेस् न
के काे हतार हाे यतिविधि
कम्तीमा सक्काउन त दिनाेस्
भख्खर खाेलेकाे रमकाे बाेतल
भख्खर सल्काएकाे चुराेटकाे खिली
अाखीर अचेल टायर भन्दा
चुराेट नै धेरै जल्छ अान्दाेलनमा ।

कमरेड 'शरण'
भन्दिनु केटाहरूलाइ
अरूकाे बाइक जलाेस्, ल ठिक छ
तर टिलीक्क त्याे नया राताे पल्सर नजलाउनु
भख्खर किनेकाे छ छाेराले अाैधी रहर गरेर
क्रान्तीकारीकाे छाेरा पाे हाे त
कहा अरू रङकाे लिनु ?

हुन्छ अब निस्कनै लागे म पनि अान्दाेलनमा
ए ड्राइभर भाइ गाडी निकाल त ।

कल्ले भन्याे
यति दशकदेखीकाे अान्दाेलनले
केही उपलब्धि दिएन
यि हेर्नाेस्
दिएकाे छ
फेरि पनि दिनेछ ।

जाउ अब अान्दाेलनमा  ।

तर पहिलाजस्ताे निर्धक्क भएर
अचेल लाग्नै सक्दैन हाे अान्दाेलनमा
डर लाग्छ
यी अागाे भएका मेरै भुराहरूले
कतै बिर्सेर
मेरै गाडिमै नताकुन
मैले नै थमाएका ढुँगाका टुक्राहरू ।
(०६-११-२०७१)

कहा लुकिगयाे खै चङ्गा सपनाकाे

कहा लुकिगयाे खै चङ्गा सपनाकाे
लत्पतिएकाे देख्छु रङ्ग सपनाकाे

के यहि नै थियाे त हिड्न चाहेकाे बाटाे
कि लड्बडाएकाे हाे ढङ्ग सपनाकाे

बन्नुथ्याे जाे उडान, याे युगकाे याे जुगकाे
अाफै पाे काटेछु पंख सपनाकाे

अब चिच्याएर के जाग्थ्याे र अात्मा
जब शुन्य शुन्य भाे अङ्क सपनाकाे

याे मन नी रहर गर्छ

एउटा गुलाबकाे, सुन्दर बहारकाे याे मन नी रहर गर्छ
अाखाभित्रकाे त्याे चञ्चल इनारकाे याे मन नी रहर गर्छ

तिम्राे अावाजले पुकारी त हेर, दिउसै अाउछ जून
त्याे अावाजकाे, त्याे झङ्कारकाे याे मन नी रहर गर्छ

खाेँचमा बगी नसकियाेस् कतै याे नदीजस्ताे माया
नदी मिल्ने त्याे सागरकाे याे मन नी रहर गर्छ

छट्पटिन्छ अाफै, मुस्कुराउछ अाफै, खै त्यसै त्यसै
हजार दाेधारबाट अब उद्धारकाे याे मन नी रहर गर्छ

सुन नसुन

म आगो लिएर तिमीबाट अब खरानी बन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

यो कुनै समयले बगाउदैन यस्तो कथा छ
महसुस हुन्छ, देखिदैन, अर्कै व्यथा छ
यो रातमा हराउछु र अन्तै बिहानि हुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

हिड्दा हिड्दै भेटियो एउटा पत्थरको मन
पत्थरकै सिमाना किन कट्न सक्दैन याे जीवन
बिलाउछु अब कतै र नदेखिने गरी रुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

न बादलकाे कुरा गर

न बादलकाे कुरा गर
न आकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

कति ताेड्छु भन्छन् जून
जून त्यहि छ
कति झार्छु भन्छन् तारा
तारा उहि छ
न बतासकाे कुरा गर
न प्रकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

मर्छु भन्ने पनि देखे
मर्नु कुनै माया हाेइन
छाेड्छु भन्ने पनि देखे
छाेड्नु कुनै माया हाेइन
न दरबारकाे कुरा गर
न बनवासकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

न तस्विर साथमा राख्नु

न तस्वीर साथमा राख्नु
न मलाइ यादमा राख्नु

म फाेका त हु समयकाे
न सपनाकाे फाँटमा राख्नु

कति घाइते भेट्याै हाेला
मलाइ हताहतमा राख्नु

म सायद अब भेटिदैन
याे गजल घाटमा राख्नु

बजिया माया

बजिया मायाकाे कुरा सधै गरेर रित्तिए
समुंद्रकाे यात्रामा एक्लै परेर रित्तिए
कुनैबेला यी औलाले बजाउथे धुन तिम्रै
आज माग्याै यै बाँसुरी, म दिएर रित्तिए

ती आँखामा मिठाे चमक देखेर म लाेलाए
न कुनै इशारा नै थियाे, बिना शब्द नै बाेलाए
बिना कुनै तयारी म अध्याराे बाटाेमा निस्के
जब माेडीयाै तिमी नै,  जुगभरी म टाेलाए

नदीकाे बाटाे भएर हिड्दा नी रूझिनाै
न मैले साेचे केही, तिमीले नि साेचिनाै
एउटै डाेरीले जाेडियाैँ, तर हिड्नुछ अलग्गै
किन मैले नी बुझेन, किन तिमीले नि बुझिनाै