उज्यालाका आशहरु...


सल्बलाउछन् छातीभित्र सपनाका रासहरु
उदाउछन् बिहानीमा उज्यालाका आशहरु

फाटेको यो फरियाले के बित्ला र सिंगो जिवन ?
मुटु काँप्छ जसै साँझ रित्ता हुन्छन् गाँसहरु

हसियाँको कोलाहलमा रगत छट्पटाउछ सधै
चिथोरिन्छन् जब आशु राता हुन्छन् घाँसहरु

बिछ्यौनामै जून पनि रोइरहे जस्तै लाग्छ
किन देख्छु सधै राती ताराका यी लाशहरु ?

आशु पुछि अब कोर्छु मेरै हसियाको कथा
अनि लेख्छु किन बन्छन् मालिक अनि दासहरु ?

3 comments (Click here to Comment):

नदीश said...

गजलमा विशदले फड्को मारेछन् ।

मंजु मार्मिका said...

Nadeesh ko bhanai ma ma pani sahamat chu

नाकिमा said...

यो जीवनमा कतिवटा यस्ता गजलहरु पढ्न पाइएला है !

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |