मनको खुत्रुकेमा...

मनको खुत्रुकेमा माया खसाए 
न पाक्यो सावा, न ब्याज पाए 

रेशमको पासो लै लै मृगतृष्णा हाँसो 
झुटको छ सागर, थोपाभर भो साचो 
कल्पनाको गोरेटोमा किन रमाए 
मनको खुत्रुकेमा माया खसाए 
न पाक्यो सावा, न ब्याज पाए 

छातीभरी हुरी लै लै डस्न थाल्यो दुरी 
वालुवाको मन-बगर, तुँवालोको धुरी 
भावनाको दलदलमा पाइला फसाए 
मनको खुत्रुकेमा माया खसाए 
न पाक्यो सावा, न ब्याज पाए

मुक्तक-४०

जो मेरो होइन, आखीर उसकै मन्दिर बनाए

आफै लकिर बनाए, यहि तक्दिर बनाए


यात्राभर न बाटो भेटियो न बादल अडियो

आफै खस्ने भीर बनाए, यहि मन्जिल बनाए