नदेउ मलाई, अब भ्रम नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
यो यात्रालाई यतै, कतै रोकौ बिन्ती
दोबाटोमा मुस्कुराउदै आजै छुटौ बिन्ती
नदेउ अब भो, क्रन्दन नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
एकदिन, सधैभर, एकनास रहन्न
नाम रहला, सधै सास रहन्न
नदेउ आसु, झन-झन नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
रहर त थ्यो, फूलहरू झै बाँच्ने
केहि पल गुन्गुनाउने, केहि क्षण हाँस्ने
नदेउ भरोशा, धड्कन नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
सिसाको बत्ती, मन बन्द अलमारी
सहरमा मानवता, अखबारी भो अखबारी
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
म माटोबाट उठेर पुगे शिखरमा
फेरि कतै अल्झे, लडे म भीरमा
उठेर जाने बाटो बिर्सिए
अध्यारोमा एक्लै, एक्लै तर्सिए
बाटो देखाउने थियौ इन्द्रेनी
पाइला मिलाउने थियौ मितिनी
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
ढुँगाको जङ्गलले ढुँगा नै पुज्छ
ढुँगाको मान्छे, मन ढुँगाकै हुन्छ
निरस दिन, निरस जिन्दगी
यतै रोकिजा, बस् ! जिन्दगी
हरियालीमा लाने थियौ बयली
शितल दिने थियौ जुनेली
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
भाग्नुछ खै को-को बाट ? अन्त्य खै कसलाई थाहा छ
हर चिजको मोल-मोलाई छ
हर खबर तलाई छ, मलाई छ
परालले बनेको छ दुनिया
र हर एक हातमा सलाई छ
मुस्कुराउन नसकेनि, बेवशीको माया लाग्छ
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
आँखा बन्द छैन, म सब देख्छु
एकजोर कानले सबथोक सुन्छु
सालिकझै शालिन बन्नुछ
जुगौदेखि नै म चुप छु
समयलाई किन्न नसकेनि, हर घडीको माया लाग्छ
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
निभाउनुछ छातीको आगो
टुटाउनुछ आदर्शको धागो
झुठलाई सलाम गर्नुछ
सत्यलाई गाड्नुछ नाँगो
नैतिकतालाई जलाएनी, सम्झी सम्झी माया लाग्छ
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
परेलीमा झर्यो निदरीको शीत
निदरीको शीतसँग बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
न बसेम् चौतारीमा, न भयो बात
नबोले नि, नभेटे नि, लाग्छ छु साथ
ओठ अचेल डुल्छ मन्द मुस्कान सित
त्यो मुस्कानसित बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
टाढिएर बस्दा लाग्छ झन् बाँधिएछु
....
परेलीमा झर्यो निदरीको शीत
निदरीको शीतसँग बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
यादको पस्मीनामा मन्द बयली
घामलाई के हुन्छ, ग्रहण भएनी
डुब्नेहरू आसु साँच्छन्
डुबाउनेलाई चासो छैन
धुवाँ पर्खाल, धुँवा संसार
साचो-झूठो थाहा छैन
त्यहि नै छ सडक मन, झरी परेनि
घामलाई के हुन्छ, ग्रहण भएनी
.....
यादको पस्मीनामा मन्द बयली
घामलाई के हुन्छ, ग्रहण भएनी
जूनको तस्वीर जलाएर
कागजमा धुँवाको बादल सजाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
अर्को वसन्तमा म फूल्छु, फूल्दिन
कठोर झरी खै भुल्छु, भुल्दिन
पहिरो झर्ने भीरमा मेरो घर बनाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
हिडे कति पाइला, मैले गनेको छैन
बाकि छ कति, कसैलाई भनेको छैन
पखेटा उनेर समयको, सपनीको जहाज बनाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
जूनको तस्वीर जलाएर
कागजमा धुँवाको बादल सजाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
Watch Full playlist
साट्नलाई निदरी, सिरानी भेटिन
परदेशको घाममा, छहारी भेटिन
अध्यारो रातमा, उजेली खोजेछु
घरभन्दा पर - पर पुगेछु
आफ्नै पानामा, कहानी भेटिन
परदेशको घाममा, छहारी भेटिन
न ओैलाले छुन्छ, सपनाको दैलो
न आसुमा बग्छ, मुटुको मैलो
मन-मुटु बगाउन, कर्णाली भेटिन
परदेशको घाममा, छहारी भेटिन
न हुन्थ्यौ तिमी प्रियसी
न हुन्थ्यो यो इन्द्रेनी
न चल्थ्यो मिठो जिन्दगी
न बग्थ्यो सास यस्तरी ।
तिमी छौ र त बाँच्दैछु
तिमी छौ र त हाँस्दैछु
तिमी नै यदि नभए
न हाँस्थे मेरा ओठहरू
न निभ्थे मेरा चोटहरू
न हुन्थ्यो यति उज्यालो
न जल्थ्यो मनमा दियालो ।
तिमी आयौ बनि बहार
तिमी आयौ, भेटे किनार
तिमी नै यदि भेट्थिन
न निदाउथे यि आँखाहरू
न गाउथे यि भाकाहरू
न बग्थ्यो खुशीको यो बतास
न लाग्थ्यो हरपल यति खास ।
तिमी छौ र म पनि छु
तिमी छौ, म फैलिन्छु
तिमी नै यदि हुन्थेनौ
न चल्थे यि ओैलाहरू
न बल्थे यि ताराहरू
न हुन्थ्यो यो रमझम पनि
न जाग्थे रहर मनभरी ।
आगो जस्तै सल्किएर
यादहरू एक्लै बस्छन्
जिन्दगीभर अल्झिएर
यादहरू धन रै'छ
जीवन बरू ऋण रै'छ
दिनभर तर्किएर
रातभर फर्किएर
यादहरू एक्लै बस्छन्
छातिभित्र अड्किएर
सुख बरू जहर भो
याद मानौ खहरे भो
आसुसँग निस्किएर
समयसँग जिस्किएर
यादहरू एक्लै बस्छन्
आँखाभरी छछल्किएर
यादको झरी रोकियो नसोधेरै
कसरी भिझु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
नटुङ्गिने बाटोमा पाइला बढेछ
यादको जङ्गलमा वर्षौ वितेछ
एकदिन आँखा खुलेछ सबेरै
कसरी भुलु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
सासभन्दा याद पो मिठो रै'छ
याद लामो, जिवन पो छोटो रै'छ
उडी गयो याद, सास लिएरै
कसरी बाँचु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब

