परेलीमा झर्यो निदरीको शीत
निदरीको शीतसँग बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
न बसेम् चौतारीमा, न भयो बात
नबोले नि, नभेटे नि, लाग्छ छु साथ
ओठ अचेल डुल्छ मन्द मुस्कान सित
त्यो मुस्कानसित बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
टाढिएर बस्दा लाग्छ झन् बाँधिएछु
....
परेलीमा झर्यो निदरीको शीत
निदरीको शीतसँग बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
यादको पस्मीनामा मन्द बयली
घामलाई के हुन्छ, ग्रहण भएनी
डुब्नेहरू आसु साँच्छन्
डुबाउनेलाई चासो छैन
धुवाँ पर्खाल, धुँवा संसार
साचो-झूठो थाहा छैन
त्यहि नै छ सडक मन, झरी परेनि
घामलाई के हुन्छ, ग्रहण भएनी
.....
यादको पस्मीनामा मन्द बयली
घामलाई के हुन्छ, ग्रहण भएनी
जूनको तस्वीर जलाएर
कागजमा धुँवाको बादल सजाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
अर्को वसन्तमा म फूल्छु, फूल्दिन
कठोर झरी खै भुल्छु, भुल्दिन
पहिरो झर्ने भीरमा मेरो घर बनाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
हिडे कति पाइला, मैले गनेको छैन
बाकि छ कति, कसैलाई भनेको छैन
पखेटा उनेर समयको, सपनीको जहाज बनाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
जूनको तस्वीर जलाएर
कागजमा धुँवाको बादल सजाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
जानेहरू उहिल्यै गइसके यो संसारबाट
आफ्नो हिस्साको जिम्मेवारी सक्काएर
हामी बचेकाहरू
जानेहरूको मृत आँखामा पनि
नजर जुधाउन नसक्ने भएछौं,
जानेहरूलाई याद गर्न पनि नसक्ने भएछौं ।
जानेहरूले रोपेको उज्यालोको बीउमा
कर्मको पानीको सट्टा
विग्रहको एसिड खसाल्दैछौं कि !
जानेहरूले कोरेको प्रगतीको राजमार्गमा
सुतेर बस्दैछौं कि !
लडेर बस्दैछौं कि !
जानेहरूले हाम्रो सपनाका खातिर
आफ्नो आँखा गुमाएथे
कति सजिलै बिर्सिसकेछौं ।
जानेहरूले हाम्रो जीवनका खातिर
आफ्नो शीर चढाएथे
कति सजिलै बिर्सिसकेछौं।
त्यो सपनाको बारीमा गोडमेल गरे पो
जानेहरूलाई याद गर्न सकिन्थ्यो,
उन्नतीको जगमा इट्टा थपे पो
जानेहरूलाई याद गर्न सकिन्थ्यो,
उज्यालोको बीउमा पानी सिञ्चिए पो
जानेहरूलाई याद गर्न सकिन्थ्यो ।
यो मध्य माघमा
सालिकभरी ओढाइएको फूलै फूलले
छोपिएको छ सहिदको आसु
तर छोपिएको छैन हाम्रो लाज ।
जानेहरू उहिल्यै गइसके यो संसारबाट
आफ्नो हिस्साको जिम्मेवारी सक्काएर
हामी बचेकाहरू
जानेहरूको मृत आँखामा पनि
नजर जुधाउन नसक्ने भएछौं,
जानेहरूलाई याद गर्न पनि नसक्ने भएछौं ।

