साट्नलाई निदरी...

साट्नलाई निदरी, सिरानी भेटिन
परदेशको घाममा, छहारी भेटिन

अध्यारो रातमा, उजेली खोजेछु
घरभन्दा पर - पर पुगेछु
आफ्नै पानामा, कहानी भेटिन
परदेशको घाममा, छहारी भेटिन

 ओैलाले छुन्छसपनाको दैलो
न आसुमा बग्छ, मुटुको मैलो
मन-मुटु बगाउन, कर्णाली भेटिन
परदेशको घाममा, छहारी भेटिन

0 comments (Click here to Comment):

Post a Comment