सुन माया

सुन माया, सुन माया

मान नमान, तिमी मेरै जीवन
तिम्रै हु माया म भनेको त सुन
सुन माया, सुन माया

बोकेर पानी कतै बादल हिडेजस्तो
एक्लो यो आकाश पनि छ रोएजस्तो
बुझ नबुझ
सोच नसोच
यस्तै छु हेर,
म पनि आज
हेर माया, हेर माया

यात्रा म रोकु तिम्रै आँगनमा
सपनामा डुलु तिम्रै नगरमा
लेखु नलेखु
भनु नभनु
बोलु नबोलु
भन के गरू
भन माया, भन माया

0 comments (Click here to Comment):

Post a Comment