अान्दाेलन

महाेदय झर्काे नमान्नाेस्
याे सबैभन्दा नरम अान्दाेलन कविता हाे
अग्रिम निवेदन  ।

पर्खनाेस् न
के काे हतार हाे यतिविधि
कम्तीमा सक्काउन त दिनाेस्
भख्खर खाेलेकाे रमकाे बाेतल
भख्खर सल्काएकाे चुराेटकाे खिली
अाखीर अचेल टायर भन्दा
चुराेट नै धेरै जल्छ अान्दाेलनमा ।

कमरेड 'शरण'
भन्दिनु केटाहरूलाइ
अरूकाे बाइक जलाेस्, ल ठिक छ
तर टिलीक्क त्याे नया राताे पल्सर नजलाउनु
भख्खर किनेकाे छ छाेराले अाैधी रहर गरेर
क्रान्तीकारीकाे छाेरा पाे हाे त
कहा अरू रङकाे लिनु ?

हुन्छ अब निस्कनै लागे म पनि अान्दाेलनमा
ए ड्राइभर भाइ गाडी निकाल त ।

कल्ले भन्याे
यति दशकदेखीकाे अान्दाेलनले
केही उपलब्धि दिएन
यि हेर्नाेस्
दिएकाे छ
फेरि पनि दिनेछ ।

जाउ अब अान्दाेलनमा  ।

तर पहिलाजस्ताे निर्धक्क भएर
अचेल लाग्नै सक्दैन हाे अान्दाेलनमा
डर लाग्छ
यी अागाे भएका मेरै भुराहरूले
कतै बिर्सेर
मेरै गाडिमै नताकुन
मैले नै थमाएका ढुँगाका टुक्राहरू ।
(०६-११-२०७१)

कहा लुकिगयाे खै चङ्गा सपनाकाे

कहा लुकिगयाे खै चङ्गा सपनाकाे
लत्पतिएकाे देख्छु रङ्ग सपनाकाे

के यहि नै थियाे त हिड्न चाहेकाे बाटाे
कि लड्बडाएकाे हाे ढङ्ग सपनाकाे

बन्नुथ्याे जाे उडान, याे युगकाे याे जुगकाे
अाफै पाे काटेछु पंख सपनाकाे

अब चिच्याएर के जाग्थ्याे र अात्मा
जब शुन्य शुन्य भाे अङ्क सपनाकाे

याे मन नी रहर गर्छ

एउटा गुलाबकाे, सुन्दर बहारकाे याे मन नी रहर गर्छ
अाखाभित्रकाे त्याे चञ्चल इनारकाे याे मन नी रहर गर्छ

तिम्राे अावाजले पुकारी त हेर, दिउसै अाउछ जून
त्याे अावाजकाे, त्याे झङ्कारकाे याे मन नी रहर गर्छ

खाेँचमा बगी नसकियाेस् कतै याे नदीजस्ताे माया
नदी मिल्ने त्याे सागरकाे याे मन नी रहर गर्छ

छट्पटिन्छ अाफै, मुस्कुराउछ अाफै, खै त्यसै त्यसै
हजार दाेधारबाट अब उद्धारकाे याे मन नी रहर गर्छ

सुन नसुन

म आगो लिएर तिमीबाट अब खरानी बन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

यो कुनै समयले बगाउदैन यस्तो कथा छ
महसुस हुन्छ, देखिदैन, अर्कै व्यथा छ
यो रातमा हराउछु र अन्तै बिहानि हुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

हिड्दा हिड्दै भेटियो एउटा पत्थरको मन
पत्थरकै सिमाना किन कट्न सक्दैन याे जीवन
बिलाउछु अब कतै र नदेखिने गरी रुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

न बादलकाे कुरा गर

न बादलकाे कुरा गर
न आकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

कति ताेड्छु भन्छन् जून
जून त्यहि छ
कति झार्छु भन्छन् तारा
तारा उहि छ
न बतासकाे कुरा गर
न प्रकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

मर्छु भन्ने पनि देखे
मर्नु कुनै माया हाेइन
छाेड्छु भन्ने पनि देखे
छाेड्नु कुनै माया हाेइन
न दरबारकाे कुरा गर
न बनवासकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे आभासकाे कुरा गर

न तस्विर साथमा राख्नु

न तस्वीर साथमा राख्नु
न मलाइ यादमा राख्नु

म फाेका त हु समयकाे
न सपनाकाे फाँटमा राख्नु

कति घाइते भेट्याै हाेला
मलाइ हताहतमा राख्नु

म सायद अब भेटिदैन
याे गजल घाटमा राख्नु

बजिया माया

बजिया मायाकाे कुरा सधै गरेर रित्तिए
समुंद्रकाे यात्रामा एक्लै परेर रित्तिए
कुनैबेला यी औलाले बजाउथे धुन तिम्रै
आज माग्याै यै बाँसुरी, म दिएर रित्तिए

ती आँखामा मिठाे चमक देखेर म लाेलाए
न कुनै इशारा नै थियाे, बिना शब्द नै बाेलाए
बिना कुनै तयारी म अध्याराे बाटाेमा निस्के
जब माेडीयाै तिमी नै,  जुगभरी म टाेलाए

नदीकाे बाटाे भएर हिड्दा नी रूझिनाै
न मैले साेचे केही, तिमीले नि साेचिनाै
एउटै डाेरीले जाेडियाैँ, तर हिड्नुछ अलग्गै
किन मैले नी बुझेन, किन तिमीले नि बुझिनाै

म त चरी

जहा घुमिहिडे नि म त चरी फर्कि आउछु आफ्नै गुँडमा
जहा डुलिहिडे नि, जहा उडिगए नि

बहारमा हास्दा नि, बजारमा बिक्दा नि
फेरिदैन मेराे प्वाखकाे रङ
आकाशमा उड्दा नि, जमिनमा खस्दा नि
फेरिदैन मधुर मुस्कान
आज छाेडिगए नि म त चरी फर्कि आउछु आफ्नै रूखमा
आज टाढा गए नि, आज पर भए नि

चाराे खाेज्दै देश छाेड्दै आए बरै अर्कै भूमीमा
कहा हुदाे रै'छ बरा मिठाे रस मरूभूमीमा
भूर्र उडिगए नि म त चरी फर्कि आउछु आफ्नै देशमा
अहिले अन्तै भए नि, अहिले अन्तै गए नि

यो ओठले पुकार्यो केवल तिम्रै नाम

जिस्केर सोध्यौ नि 'को मेरी रानी' यो ओठले  पुकार्यो  केवल तिम्रै नाम
मेरो जीवनको सुनाउदा कहानी यो ओठले  पुकार्यो केवल तिम्रै नाम

छामे जब य देब्रे छातीमा पुरानो एउटा तस्वीर भेटे
मनिभत्र बस्ने 'को हुन् यी नानी' यो ओठले  पुकार्यो केवल तिम्रै नाम

यत्तिका खुशी, यत्तिका उमँग, तिमिभित्रै छ सबै-सबै रँग
फूलहरूसँगै जानीनजानी यो ओठले  पुकार्यो केवल तिम्रै नाम

म प्यासी भई ढले जब एक्लै, थोरै बर्बरायो केही भन्न खोज्दै
कहाँ माग्थ्यो सास, कहाँ माग्थ्यो पानी, यो ओठले  पुकार्यो केवल तिम्रै नाम

कस्ताे रिहाइ दिएकाे छु

अाफैलाइ अाफैदेखि याे कस्ताे रिहाइ दिएकाे छु
यी अाँखाबाट तिमीलाइ अन्तिम बिदाइ दिएकाे छु

तिमी फूल थियाै कि मधुशाला, मताउन मात्र अाउथ्याै
अाइन्दा नअाउनु फर्केर, झर्केर बताइदिएकाे छु

सब गुमाए, टुक्रा जमिन बचाए, अाफ्नाे मसान बनाउन
त्यहि तिम्राे सुन्दर मूर्ती बनाइदिएकाे छु

गुनासाे केही छैन, मात्र झस्कन्छु कहिलेकाही
यतिका वर्ष काे पराइसँग बिताइदिएकाे छु ?

हे 'वाचा' अाफै लजाइस् है उनलाइ भुल्छु भन्दा
नपिउने वाचामा अर्काे पेग उठाइदिएकाे छु

मेरै चाेटकाे भर्याङ चढी पुग्याै तिमी त्यति माथी
तिमीलाइ अनि अाफ्नै चाेटलाइ बधाई दिएकाे छु