सुन नसुन

म आगो लिएर तिमीबाट अब खरानी बन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

यो कुनै समयले बगाउदैन यस्तो कथा छ
महसुस हुन्छ, देखिदैन, अर्कै व्यथा छ
यो रातमा हराउछु र अन्तै बिहानि हुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

हिड्दा हिड्दै भेटियो एउटा पत्थरको मन
पत्थरकै सिमाना किन कट्न सक्दैन याे जीवन
बिलाउछु अब कतै र नदेखिने गरी रुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

0 comments (Click here to Comment):

Post a Comment