पर्दा भित्र, पर्दा बाहिर
उजेली र रात
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद
सम्झनाको लुकामारी
एक्लोपनलाइ एक्लै पारी
ढोका बाहिर, ढोका भित्र
आफ्नै हुन्छ साथ
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद
कुर्दाकुर्दै फुल्यो धुपी
अँगालोमा आफ्नै लुकी
दैलो भित्र, दैलो बाहिर
चियाउछ चाँद
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद
हरदिन कामबाट फर्किएपछि
भनु न आफैलाइ स्याबास
मारू न आफैलाइ धाप ।
दिनभर खियाएपछि नङ्ग्रा
राखु न आफ्नै हातमाथी हात
चुमु न आफ्ना अौलाहरू ।
जिन्दगीमा
गरू न आफूलाइ पनि माया
तब पो बाड्न सकिन्छ अरूलाइ ।
पुरानो डसनाजस्तै त छन् यी आँखा
यी आँखामा जमेका छन्
धुलोजस्तै सपनाहरू ।
रूझ्दै-धुदै-सुक्दै
तन्ना बनेर परेली
छोपिदिन्छ यी आँखा।
नागतन्त्र अर्थात यो लोकतन्त्रमा
एकैदिन पर्नुपर्ने: नागपञ्चमी र चुनाव
के फरक छ र ?
नागचित्र टाँस्नु मूलढोकामा
र खसाल्नु मतको काँचुली पेटीकाभरी ।
आखिर डसेरै छोड्छन् नाग-
भुइँबाट, कुर्सीबाट ।
हाँगामाथी सुस्तरी टेकेर
हिउदमा सुकेर, झरीमा रूझेर
यि पाइला हुन् कि फूलहरू
फूल्दै गाउछन्, जीवनका धुनहरू
कहिले ग्रहण, कहिले खुशी
पूर्णे आउछ, आउछ अौसी
अँधेरीमा चाँदनी छरेर
तारासँग मिलेर, रातसँग लडेर
जूनले फुक्छ बिगुलहरू
फूक्दै गाउछ, जीवनका धुनहरू
खाल्डा-खुल्डी कति-कति यात्राभरी
चोट - खत - दाग होला मनभरी
मनको खालीपनलाइ पुरेर
छहारीले घेरेर, दुखलाइ छेकेर
चौतारीका शीतल पलहरू
सधै गाउछन्, जीवनका धुनहरू
जवानी
नया काइयो जस्तै हो
लहरै मिलेर बसेका हुन्छन्
उमंगका दातहरू ।
उमेर ढलेपछि
अौधि माया लाग्छ
थोते काइयोको पनि।
कसले भन्छ
कि प्रेममा
लाग्दैन निन्द्रा
मज्जाले लाग्छ ।
बरू गरीबीमा लाग्दैन
भोकले निन्द्रा ।
लाग्छ यसरी बाँचिदिउ
कि मेरै सपनाले डाह गरोस
मेरो जिन्दगीसँग ।
Subscribe to:
Comments (Atom)

