जिस्केर सोध्यौ नि 'को मेरी रानी' यो ओठले पुकार्यो केवल तिम्रै नाम
मेरो जीवनको सुनाउदा कहानी यो ओठले पुकार्यो केवल तिम्रै नाम
छामे जब य देब्रे छातीमा पुरानो एउटा तस्वीर भेटे
मनिभत्र बस्ने 'को हुन् यी नानी' यो ओठले पुकार्यो केवल तिम्रै नाम
यत्तिका खुशी, यत्तिका उमँग, तिमिभित्रै छ सबै-सबै रँग
फूलहरूसँगै जानीनजानी यो ओठले पुकार्यो केवल तिम्रै नाम
म प्यासी भई ढले जब एक्लै, थोरै बर्बरायो केही भन्न खोज्दै
कहाँ माग्थ्यो सास, कहाँ माग्थ्यो पानी, यो ओठले पुकार्यो केवल तिम्रै नाम