तर छोडिदेउ
शान्त पानीमुनीको रातो कपटको कथा नलेख,
यो दहमा सद्भाव खल्बलिन सक्छ
भैगो, स्वाभिमान रेटिएको कथा नलेख ।
लेख्नुछ भने, मात्र तीन शब्द लेख
सुन्दर शान्त नेपालदह !
............................
शताब्दीओैदेखि चुपचाप फुलिरहेछ
गुलाबको बोटमा विभेदको अफिम
आउ, एक सर्को तानेर यो शान्तिको मजा लिउ ।
शताब्दीओैदेखि चुपचाप हुर्किरहेछ
पानीभित्र एकात्मक गोही
गोहीले निल्नुअघि
आउ अन्तिम सेल्फी लिएर रमाओैं ।
शताब्दीओैदेखि चुपचाप पुजिरहेकै त छौं
त्यहि गोहीको शालिक, श्रीपेज र जुत्ताहरू
आउ त्यहि जुत्तामुनीको धुलो बनेर फेरि निदाउ ।
शताब्दीओैदेखि चुपचाप, चुपचाप रहने आदेश छ
यो खलबल भए सामाजिक सद्भाव भत्किन सक्छ ।
यो महान, सुन्दर, शान्त नेपालदहमा
नहान ढुँगा
नउठाउ तरङ्ग
मुर्दा शान्ति खल्बलिने डर जो छ ।
(असार १६, २०७८ को 'शिलापत्र' बाट साभारः https://shilapatra.com/detail/61534)