रिसाउदै पssssर पुगेर
टक्क अडिइन उनी
र फनक्क घुमेर
यसरी अाइन मेराे अँगालाेमा
कि झन अग्लीयाे मेराे मायाकाे अाइफिल ।
रिस, अावेग भन्दा
साच्ची धेरै शक्तिशाली छ प्रेम ।
रिसाउदै पssssर पुगेर
टक्क अडिइन उनी
र फनक्क घुमेर
यसरी अाइन मेराे अँगालाेमा
कि झन अग्लीयाे मेराे मायाकाे अाइफिल ।
रिस, अावेग भन्दा
साच्ची धेरै शक्तिशाली छ प्रेम ।
तिमी पानी, बगिदियाै
म ढुँगा, उभीरहे
तिमी सागर बनिदियाै
म संगम कुरिरहे
थाेपा थाेपा विलाइदियाै
म प्यासी भइरहे
ए बादल ! हराइदियाै
म वर्षात, कुरिरहे
कहिले हिउ, जमिदियाै
म घाम हेरिरहे
कहिले यसै पग्लीदियाै
अञ्जुलीमा भरिदिए
बाबै !
याे बालापनकाे लार्भा छ नी
निकै सुन्दर हुन्छ पुतलीभन्दा पनि
तर याे छट्टु संसारलाइ
केवल मन पर्छ पुतलि
र त जबर्जस्ती बदलिदिन्छ
बालापनकाे निर्दाेष लार्भालाइ
एउटा फिका पुतलीमा
अाफैले छानेकाे फिका रङमा ।
यहा जाेडताेडले लागीरहेछ बजार पुतलीकाे
बडाे प्रतिस्पर्धा छ 'अब्बल अाउने हाे काे ?'
दिनदहाडै उडाइदैछ पुतली
बिना प्राणका यी फिका पुतली
निर्जीव चङ्गाजस्तै गरी ।
हेर !
चारैतिर हेर !
लाै मजाले हेर !
काे-काे डाेरी तान्दैछन् ?
काे-काे लट्टाइ बेर्दैछन् ?
काे-काे पुतली उडाउदैछन् ?
जन्मनासाथ बेरिदाे रहेछ लार्भा
समाजले उनेकाे माकुरी जालमा ।
बिचरा बालापनकाे लार्भा !
सास लिन जान्दा-नजान्दै
बाेक्न थाल्दाे रहेछ
एउटा वयश्क बाेझ
बामे सर्न सिक्दा-नसिक्दै
घाेक्न थाल्दाे रहेछ
एउटा बासी पुतलीशास्त्र ।
देखाएर दुइचार पुतलीकाे उडान
झारिदाे रहेछ अरू सयाै पंखेटा
पिलाएर रङहरूकाे चर्काे मादकता
चाेरिदाे रहेछ चञ्चन बालापन
अनि झुक्याएर सपनाकाे बधशालामा
थिचिदाे रहेछ सयाै लार्भाकाे घाँटी ।
बाबै !
यदि सबै निर्दाेष लार्भा जिउन पाउथे त
यदि सबै बालापन निस्फिक्रि फक्रिन पाउथे त
कति सुन्दर हुन्थ्याे हाेला है याे संसार
अाहा ! पुतली नै पुतलीकाे रङ्गीन संसार ।
(१२-०९-०७२)
जति डुब्छु
त्यति जिउछु
लाग्छ सधै
त्यहि डुबिजाउ
तिम्राे आँखा
मेराे सपनाकाे तलाउ
देउ थाेरै थाेरै
त्याे मनकाे उजेली
हे मेरी रङ
हे मेरी इन्द्रेणी
जति रङ्गीन्छु
त्यति सङ्लीन्छु
ती औलाले
मेराे संसार रङ्गाउ
तिम्राे आँखा
मेराे सपनाकाे तलाउ
हिडिदेउ न एकपल
मेराे बाटाेभरी
खुशीले छचल्कीन्छ
खुशी आँखाभरी
जति हिड्छु
त्यति पाेखिन्छु
सँगै हिडिदेउ
अझ खुशी वर्षाउ
तिम्राे आँखा
मेराे सपनाकाे तलाउ
(2072-02-32)
चाेटमा पनि गीत गाइरहन्छ काेइली
भत्के पनि गुँड बनाइरहन्छ गाैथली
हामी पनि बजाऔँ न आशाकाे मुरली
वनभरी तिरिरि, मनभरी तिरिरि
आफ्नाे माटाे रूदा माया लागेर आउछ
घाम डुबेर जान्छ र फेरि जागेर आउछ
झरीमा पनि उस्तै नाचिरहन्छ जुरेली
निदमा पनि सपना फर्फराउछ परेली
आउ अब चलाऔँ न शीतल शीतल बयली
वनभरी सिरिरि, मनभरी सिरिरि
ढलेकै धराेहरमा उठ्दैछ अग्लाे हीमाल
उठ्दैछ गाउ-बेसी, उठ्दैछ सिँगाे नेपाल
किल्ला ढलेपनि बाचिरहन्छ कहानी
राती नभई कहाँ उदाउछ र बिहानी
चारैतिर बजाऔँ न उजेलीकाे बाँसुरी
वनैभरी तिरिरि, मनैभरी तिरिरि
र अध्याराे बाटाेबाट भख्खरै पास भएकाे छ एउटा डरलाग्दाे सर्प
जसले निलेकाे छ याे बाटाेकाे अाधा गिट्टीमाटाे ।
याे बाटाे
जाे निर्माणकाे प्रतिक हाे
विकासकाे प्रतिक हाे
हल्लीएकाे छ बेस्करी
र धुजा धुजा गरी फाटेकाे छ
मानाै याे रेपुञ्जेलकाे सुन्दर कपाल हाे
र भख्खर काटिएकाे छ जथाभावी ।
याे बाटाेले भख्खरै निल्याे
सपनाकाे ऐसेलु टिप्न निस्केका बटुवाहरू
गट्टा खेल्दै हास्दै गरेका कलीला बच्चाहरू
केही हजार सास
र केही कराेड मुस्कानहरू ।
तिर्न बाकी नै छ अझ
त्रासकाे चर्काे ब्याज ।
ज जसले ल्याए पुनर्निर्माणकाे घमाइलाे नक्सा
मेराे विचारमा ती तिनै सर्पदुत हुन् ।
याे कच्ची इतिहासकाे पुनर्निर्माणकाे बेला हाेइन
याे पक्की नवनिर्माणकाे बेला हाे ।
(२०७२-०२-१८)
टुटेकाे घर छ याे माटाेमा
तर अझै भर छ याे माटाेमा
यही भर नै हाे जिन्दगी
चाेटसँगै मुस्कुराउने मनजस्ताे
सँग्लीनेछ देश नया जीवनजस्ताे
केही चाेट छ याे माटाेमा
तर देश एकजुट छ याे माटाेमा
यहि एकता नै हाे जिन्दगी
ननिदाउदा लाग्छ सपनाजस्ताे
निदाउदा लाग्छ ननिदाएजस्ताे
घाइतेजस्ताे सास छ याे माटाेमा
तर केही आश छ याे माटाेमा
यहि आश नै हाे जिन्दगी
All the contents of this blog are written/created by Amish Sharma 'Bishad'. Unauthorized copying or publishing of any portion or the entirety of this blog's content is prohibited and subject to legal consequences.
© [2009] [Amish Sharma 'Bishad']. All rights reserved.