मेराे माटाेमा

बतास बहदै गीत बनाउछ
नदी लहराउदै सङ्गीत सुनाउछ
झरना बनी मन भिरपाखा चुम्छ
मेराे माटाेमा मुरलीकाे धुन छ

गुराँस खुल्दा रङ्गीन्छ साँझ
गुलाब फूल्दा फूल्दछ आश
हाँगा हाँगाले जिस्किदै भन्छ
मेराे माटाेमा सारङ्गीकाे धुन छ

झरी वर्षिन्छ सब दुःख धुन
तारा टिल्पिलाउछ, केही भन्छ जून
सिँगै आकाश खुशीमा झुम्छ
मेराे माटाेमा मादलुकाे धुन छ

0 comments (Click here to Comment):

Post a Comment