आशाकाे मुरली

चाेटमा पनि गीत गाइरहन्छ काेइली
भत्के पनि गुँड बनाइरहन्छ गाैथली
हामी पनि बजाऔँ न आशाकाे मुरली
वनभरी तिरिरि, मनभरी तिरिरि

आफ्नाे माटाे रूदा माया लागेर आउछ
घाम डुबेर जान्छ र फेरि जागेर आउछ
झरीमा पनि उस्तै नाचिरहन्छ जुरेली
निदमा पनि सपना फर्फराउछ परेली
आउ अब चलाऔँ न शीतल शीतल बयली
वनभरी सिरिरि, मनभरी सिरिरि

ढलेकै धराेहरमा उठ्दैछ अग्लाे हीमाल
उठ्दैछ गाउ-बेसी, उठ्दैछ सिँगाे नेपाल
किल्ला ढलेपनि बाचिरहन्छ कहानी
राती नभई कहाँ उदाउछ र बिहानी
चारैतिर बजाऔँ न उजेलीकाे बाँसुरी
वनैभरी तिरिरि, मनैभरी तिरिरि

0 comments (Click here to Comment):

Post a Comment