सर्प र बाटाे

र अध्याराे बाटाेबाट भख्खरै पास भएकाे छ एउटा डरलाग्दाे सर्प
जसले निलेकाे छ याे बाटाेकाे अाधा गिट्टीमाटाे ।

याे बाटाे
जाे निर्माणकाे प्रतिक हाे
विकासकाे प्रतिक हाे
हल्लीएकाे छ बेस्करी
र धुजा धुजा गरी फाटेकाे छ
मानाै याे रेपुञ्जेलकाे सुन्दर कपाल हाे
र भख्खर काटिएकाे छ जथाभावी ।

याे बाटाेले भख्खरै निल्याे
सपनाकाे ऐसेलु टिप्न निस्केका बटुवाहरू
गट्टा खेल्दै हास्दै गरेका कलीला बच्चाहरू
केही हजार सास
र केही कराेड मुस्कानहरू ।

तिर्न बाकी नै छ अझ
त्रासकाे चर्काे ब्याज ।

ज जसले ल्याए पुनर्निर्माणकाे घमाइलाे नक्सा
मेराे विचारमा ती तिनै सर्पदुत हुन् ।

याे कच्ची इतिहासकाे पुनर्निर्माणकाे बेला हाेइन
याे पक्की नवनिर्माणकाे बेला हाे  ।

(२०७२-०२-१८)

0 comments (Click here to Comment):

Post a Comment