बालापनकाे लार्भा

बाबै !
याे बालापनकाे लार्भा छ नी
निकै सुन्दर हुन्छ पुतलीभन्दा पनि
तर याे छट्टु संसारलाइ
केवल मन पर्छ पुतलि
र त जबर्जस्ती बदलिदिन्छ
बालापनकाे निर्दाेष लार्भालाइ
एउटा फिका पुतलीमा
अाफैले छानेकाे फिका रङमा ।

यहा जाेडताेडले लागीरहेछ बजार पुतलीकाे
बडाे प्रतिस्पर्धा छ 'अब्बल अाउने हाे काे  ?'
दिनदहाडै उडाइदैछ पुतली
बिना प्राणका यी फिका पुतली
निर्जीव चङ्गाजस्तै गरी ।

हेर !
चारैतिर हेर !
लाै मजाले हेर !
काे-काे डाेरी तान्दैछन् ?
काे-काे लट्टाइ बेर्दैछन्  ?
काे-काे पुतली उडाउदैछन्  ?

जन्मनासाथ बेरिदाे रहेछ लार्भा
समाजले उनेकाे माकुरी जालमा ।

बिचरा बालापनकाे लार्भा !
सास लिन जान्दा-नजान्दै
बाेक्न थाल्दाे रहेछ
एउटा वयश्क बाेझ
बामे सर्न सिक्दा-नसिक्दै
घाेक्न थाल्दाे रहेछ
एउटा बासी पुतलीशास्त्र ।

देखाएर दुइचार पुतलीकाे उडान
झारिदाे रहेछ अरू सयाै पंखेटा
पिलाएर रङहरूकाे चर्काे मादकता
चाेरिदाे रहेछ चञ्चन बालापन
अनि झुक्याएर सपनाकाे बधशालामा
थिचिदाे रहेछ सयाै लार्भाकाे घाँटी ।

बाबै  !
यदि सबै निर्दाेष लार्भा जिउन पाउथे त
यदि सबै बालापन निस्फिक्रि फक्रिन पाउथे त
कति सुन्दर हुन्थ्याे हाेला है याे संसार
अाहा ! पुतली नै पुतलीकाे रङ्गीन संसार ।
(१२-०९-०७२)

सुन साथी

पाेखीउला अाँखाबाट हराउला शीतमाथी
या चुमेर ज्याेती जूनकाे, पुगुला अाकाशमाथी
लडेर रूदा पनि
उडेर जून छुदा पनि
तिमी छाै र जिन्दगी छ जाति
सुन साथी, सुन साथी
सुन साथी, सुन साथी

हामी कुनै नदी थियाै
गुन्गुनाउथ्याै, बगीदिन्थ्याै
हामी कुनै यात्री थियाै
मुस्कुराउथ्याै, बढिदिन्थ्याै
अाज फेरि त्यहि मुस्कान
सम्झेर नै मुस्कुराउछु
सम्झनाले अाँखा छाेप्छ
अाँखाभित्रै डुबिजान्छु
मुस्कुराउछ अाेठ तर
गर्हाै हुन्छ मेराे छाती
सुन साथी, सुन साथी
सुन साथी, सुन साथी

केही बदमासी, केही स्याबासी
केही हाेश थियाे, केही बेहाेशी
हाम्राे छुट्टै उडान थियाे
सपनीकाे पखेटी थ्याे
कहा काेही एक्लै हुन्थ्याे?
मिलेरै दुख लखेटिन्थ्याे
अध्याराेमा मन हराइदिदा
साथी जूनकिरी बनिदिन्थ्याे
बलिदिन्थ्याे सधैभरी
सधैभरी जलिदिन्थ्याे
त्याे उज्यालाेकाे सम्झनाले
उज्यालिन्छ मेराे राती
सुन साथी, सुन साथी
सुन साथी, सुन साथी

तिम्राे अाँखा

जति डुब्छु
त्यति जिउछु
लाग्छ सधै
त्यहि डुबिजाउ
तिम्राे अाँखा
मेराे सपनाकाे तलाउ

देउ थाेरै थाेरै
त्याे मनकाे उजेली
हे मेरी रङ
हे मेरी इन्द्रेणी
जति रङ्गीन्छु
त्यति सङ्लीन्छु
ती अाैलाले
मेराे संसार रङ्गाउ
तिम्राे अाँखा
मेराे सपनाकाे तलाउ

हिडिदेउ न एकपल
मेराे बाटाेभरी
खुशीले छचल्कीन्छ
खुशी अाँखाभरी
जति हिड्छु
त्यति पाेखिन्छु
सँगै हिडिदेउ
अझ खुशी वर्षाउ
तिम्राे अाँखा
मेराे सपनाकाे तलाउ

(2072-02-32)

यहाँ बतास बहदा गीत सुनिन्छ
नदी लहराउदा सङ्गीत गुञ्जीन्छ
भिरपाखाले सुस्तरी सुन्छ
मेराे माटाेमा मुरलीकाे धुन छ
मेराे माटाेमा बिनायाेकाे धुन छ

गुराँस खुल्दा रङ्गीन्छ साँझ
गुलाब फूल्दा फूल्दछ अाश
हाँगा हाँगाले सुस्तरी सुन्छ
मेराे माटाेमा सारङ्गीकाे धुन छ
मेराे माटाेमा मुर्चुङ्गाकाे धुन छ

झरी वर्षिन्छ सब दुःख धुन
तारा टिल्पिलाउछ, केही भन्छ जुन
याे अाकाशले सुस्तरी सुन्छ
मेराे माटाेमा मादलकाे धुन छ
मेराे माटाेमा डम्फुकाे धुन छ

तिमिसँग

तिमिसँग याे अाँखा अनी याे मन बाेलिदिन्छ
लाटाे छ सायद अाेठ, अर्कै कुरा गरिदिन्छ

कुरिदिन्छु निरन्तर याे साँझलाइ तिमिसम्म 
डाहा गर्छ माैसम र त झरि परिदिन्छ

फूलकाे छ दुनिया, हाे रङ्गीन छ दुनिया
हर रङले तिमिमा नयाँ रङ भरिदिन्छ

एक पलमै कसरी पिउन सक्थे र याे सागर
याद बनी हरदिन अाँखाबाट झरिदिन्छ

चाेटमा पनि गीत गाइरहन्छ काेइली
भत्के पनि गुँड बनाइरहन्छ गाैथली
हामी पनि बजाअाैँ न अाशाकाे मुरली
वनभरी तिरिरि, मनभरी तिरिरि

अाफ्नाे माटाे रूदा माया लागेर अाउछ
घाम डुबेर जान्छ र फेरि जागेर अाउछ
झरीमा पनि उस्तै नाचिरहन्छ जुरेली
निदमा पनि सपना फर्फराउछ परेली
अाउ अब चलाअाैँ न शीतल शीतल बयली
वनभरी सिरिरि, मनभरी सिरिरि

ढलेकै धराेहरमा उठ्दैछ अग्लाे हीमाल
उठ्दैछ गाउ-बेसी, उठ्दैछ सिँगाे नेपाल
किल्ला ढलेपनि बाचिरहन्छ कहानी
राती नभई कहाँ उदाउछ र बिहानी
चारैतिर बजाअाैँ न उजेलीकाे बाँसुरी
वनैभरी तिरिरि, मनैभरी तिरिरि

सर्प र बाटाे

र अध्याराे बाटाेबाट भख्खरै पास भएकाे छ एउटा डरलाग्दाे सर्प
जसले निलेकाे छ याे बाटाेकाे अाधा गिट्टीमाटाे ।

याे बाटाे
जाे निर्माणकाे प्रतिक हाे
विकासकाे प्रतिक हाे
हल्लीएकाे छ बेस्करी
र धुजा धुजा गरी फाटेकाे छ
मानाै याे रेपुञ्जेलकाे सुन्दर कपाल हाे
र भख्खर काटिएकाे छ जथाभावी ।

याे बाटाेले भख्खरै निल्याे
सपनाकाे ऐसेलु टिप्न निस्केका बटुवाहरू
गट्टा खेल्दै हास्दै गरेका कलीला बच्चाहरू
केही हजार सास
र केही कराेड मुस्कानहरू ।

तिर्न बाकी नै छ अझ
त्रासकाे चर्काे ब्याज ।

ज जसले ल्याए पुनर्निर्माणकाे घमाइलाे नक्सा
मेराे विचारमा ती तिनै सर्पदुत हुन् ।

याे कच्ची इतिहासकाे पुनर्निर्माणकाे बेला हाेइन
याे पक्की नवनिर्माणकाे बेला हाे  ।

(२०७२-०२-१८)

टुटेकाे घर छ याे माटाेमा
तर अझै भर छ याे माटाेमा
यही भर नै हाे जिन्दगी

चाेटसँगै मुस्कुराउने मनजस्ताे
सँग्लीनेछ देश नया जीवनजस्ताे
केही चाेट छ याे माटाेमा
तर देश एकजुट छ याे माटाेमा
यहि एकता नै हाे जिन्दगी

ननिदाउदा लाग्छ सपनाजस्ताे
निदाउदा लाग्छ ननिदाएजस्ताे
घाइतेजस्ताे सास छ याे माटाेमा
तर केही अाश छ याे माटाेमा
यहि अाश नै हाे जिन्दगी

केही छटपटी छ वर्षाैदेखि
र साथ जिन्दगी छ वर्षाैदेखि
सायद यही छटपटी नै हाे जिन्दगी

म भीडमा मुस्कुराउछु, फिका भीडजस्ताे
जब एक्लै मुस्कुराउछु, लाग्छ जीवनजस्ताे
मनमा जलन छ वर्षाैदेखि
र साथ जिन्दगी छ वर्षाैदेखि
सायद यहि जलन नै हाे जिन्दगी

म जब निदाउदैन, लाग्छ सपनाजस्ताे
जब निदाउछु म, लाग्छ ननिदाएजस्ताे
पराइजस्ताे सपना छ वर्षाैदेखि
र साथ जिन्दगी छ वर्षाैदेखि
सायद यहि सपना नै हाे जिन्दगी

म किनार तर बगीराछु
तिमी नदी किन राेकिराछ्याै
याे यात्रा अनाैठाे

म भिझेर नि सुकिसके
वालुवा पाे बनिसके
म वालुवा तर उडिराछु
तिमी पानी किन अडिराछ्याै
याे यात्रा अनाैठाे

सँगै छाै, साथ छैनाै
नजिक छाै, लाग्दैनाै
म पहाड तर बर्षीराछु
तिमी अाकाश किन कुरिराछ्याै
याे यात्रा अनाैठाे

मैले गुलाब राेपेर माया फलाए
गुलाब त अाखीर चुड्नेकाे भैगयाे
म याे माटाेमा हिड्छु भन्ने मान्छे
अाकाश त अाखीर उड्नेकाे भैगयाे

म जून हेर्छु
मुस्कुराउछु
केहि छ साेच्थे याे मुस्कानमा
म डाडाभरी हिड्छु
भीरमा जिउछु
केहि छ साेच्थे याे जिन्दगीमा
पाखामा दाैडिएर जिन्दगी रूझाए
जिन्दगी अाखीर निथ्रूक्कै भैगयाे
म याे माटाेमा हिड्छु भन्ने मान्छे
अाकाश त अाखीर उड्नेकाे भैगयाे

म मेराे सपनीमा वनभरी धाए
वन मात्र पनि हाेइन रैछ संसार
चाेखाे भूमीमा चाेखै मन बनाए
मन मात्र पनि हाेइन रैछ संसार
थाेपा थाेपा सङ्गालेर चाेखाे माया लाए
माया भन्ने चिज लुट्नेकाे भैगयाे
म याे माटाेमा हिड्छु भन्ने मान्छे
अाकाश त अाखीर उड्नेकाे भैगयाे

अान्दाेलन

महाेदय झर्काे नमान्नाेस्
याे सबैभन्दा नरम अान्दाेलन कविता हाे
अग्रिम निवेदन  ।

पर्खनाेस् न
के काे हतार हाे यतिविधि
कम्तीमा सक्काउन त दिनाेस्
भख्खर खाेलेकाे रमकाे बाेतल
भख्खर सल्काएकाे चुराेटकाे खिली
अाखीर अचेल टायर भन्दा
चुराेट नै धेरै जल्छ अान्दाेलनमा ।

कमरेड 'शरण'
भन्दिनु केटाहरूलाइ
अरूकाे बाइक जलाेस्, ल ठिक छ
तर टिलीक्क त्याे नया राताे पल्सर नजलाउनु
भख्खर किनेकाे छ छाेराले अाैधी रहर गरेर
क्रान्तीकारीकाे छाेरा पाे हाे त
कहा अरू रङकाे लिनु ?

हुन्छ अब निस्कनै लागे म पनि अान्दाेलनमा
ए ड्राइभर भाइ गाडी निकाल त ।

कल्ले भन्याे
यति दशकदेखीकाे अान्दाेलनले
केही उपलब्धि दिएन
यि हेर्नाेस्
दिएकाे छ
फेरि पनि दिनेछ ।

जाउ अब अान्दाेलनमा  ।

तर पहिलाजस्ताे निर्धक्क भएर
अचेल लाग्नै सक्दैन हाे अान्दाेलनमा
डर लाग्छ
यी अागाे भएका मेरै भुराहरूले
कतै बिर्सेर
मेरै गाडिमै नताकुन
मैले नै थमाएका ढुँगाका टुक्राहरू ।
(०६-११-२०७१)

कहा लुकिगयाे खै चङ्गा सपनाकाे
लत्पतिएकाे देख्छु रङ्ग सपनाकाे

के यहि नै थियाे त हिड्न चाहेकाे बाटाे
कि लड्बडाएकाे हाे ढङ्ग सपनाकाे

बन्नुथ्याे जाे उडान, याे युगकाे याे जुगकाे
अाफै पाे काटेछु पंख सपनाकाे

अब चिच्याएर के जाग्थ्याे र अात्मा
जब शुन्य शुन्य भाे अङ्क सपनाकाे

एउटा गुलाबकाे, सुन्दर बहारकाे याे मन नी रहर गर्छ
अाखाभित्रकाे त्याे चञ्चल इनारकाे याे मन नी रहर गर्छ

तिम्राे अावाजले पुकारी त हेर, दिउसै अाउछ जून
त्याे अावाजकाे, त्याे झङ्कारकाे याे मन नी रहर गर्छ

खाेँचमा बगी नसकियाेस् कतै याे नदीजस्ताे माया
नदी मिल्ने त्याे सागरकाे याे मन नी रहर गर्छ

छट्पटिन्छ अाफै, मुस्कुराउछ अाफै, खै त्यसै त्यसै
हजार दाेधारबाट अब उद्धारकाे याे मन नी रहर गर्छ

सुन नसुन

म आगो लिएर तिमीबाट अब खरानी बन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

यो कुनै समयले बगाउदैन यस्तो कथा छ
महसुस हुन्छ, देखिदैन, अर्कै व्यथा छ
यो रातमा हराउछु र अन्तै बिहानि हुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

हिड्दा हिड्दै भेटियो एउटा पत्थरको मन
पत्थरकै सिमाना किन कट्न सक्दैन याे जीवन
बिलाउछु अब कतै र नदेखिने गरी रुन्छु
सुन नसुन म मेरो लुकेको कहानी भन्छु

न बादलकाे कुरा गर
न अाकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे अाभासकाे कुरा गर

कति ताेड्छु भन्छन् जून
जून त्यहि छ
कति झार्छु भन्छन् तारा
तारा उहि छ
न बतासकाे कुरा गर
न प्रकाशकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे अाभासकाे कुरा गर

मर्छु भन्ने पनि देखे
मर्नु कुनै माया हाेइन
छाेड्छु भन्ने पनि देखे
छाेड्नु कुनै माया हाेइन
न दरबारकाे कुरा गर
न बनवासकाे कुरा गर
गर तिम्राे मेराे कुरा
याे अाभासकाे कुरा गर

न तस्वीर साथमा राख्नु
न मलाइ यादमा राख्नु

म फाेका त हु समयकाे
न सपनाकाे फाँटमा राख्नु

कति घाइते भेट्याै हाेला
मलाइ हताहतमा राख्नु

म सायद अब भेटिदैन
याे गजल घाटमा राख्नु

बजिया माया

बजिया मायाकाे कुरा सधै गरेर रित्तिए
समुंद्रकाे यात्रामा एक्लै परेर रित्तिए
कुनैबेला यी अाैलाले बजाउथे धुन तिम्रै
अाज माग्याै यै बाँसुरी, म दिएर रित्तिए

ती अाखामा मिठाे चमक देखेर म लाेलाए
न कुनै इशारा नै थियाे, बिना शब्द नै बाेलाए
बिना कुनै तयारी म अध्याराे बाटाेमा निस्के
जब माेडीयाै तिमी नै,  जुगभरी म टाेलाए

नदीकाे बाटाे भएर हिड्दा नी रूझिनाै
न मैले साेचे केही, तिमीले नि साेचिनाै
एउटै डाेरीले जाेडियाैँ, तर हिड्नुछ अलग्गै
किन मैले नी बुझेन, किन तिमीले नि बुझिनाै

म त चरी

जहा घुमिहिडे नि म त चरी फर्कि अाउछु अाफ्नै गुँडमा
जहा डुलिहिडे नि, जहा उडिगए नि

बहारमा हास्दा नि, बजारमा बिक्दा नि
फेरिदैन मेराे प्वाखकाे रङ
अाकाशमा उड्दा नि, जमिनमा खस्दा नि
फेरिदैन मधुर मुस्कान
अाज छाेडिगए नि म त चरी फर्कि अाउछु अाफ्नै रूखमा
अाज टाढा गए नि, अाज पर भए नि

चाराे खाेज्दै देश छाेड्दै अाए बरै अर्कै भूमीमा
कहा हुदाे रै'छ बरा मिठाे रस मरूभूमीमा
भूर्र उडिगए नि म त चरी फर्कि अाउछु अाफ्नै देशमा
अहिले अन्तै भए नि, अहिले अन्तै गए नि

जिस्केर साेध्याै नि 'काे मेरी रानी' याे अाेठले पुकार्याे केवल तिम्रै नाम
मेराे जीवनकाे सुनाउदा कहानी याे अाेठले पुकार्याे केवल तिम्रै नाम

छामे जब याे देब्रे छातीमा पुरानाे एउटा तस्वीर भेटे
मनिभत्र बस्ने 'काे हुन् यी नानी' याे अाेठले पुकार्याे केवल तिम्रै नाम

यत्तिका खुशी, यत्तिका उमँग, तिमिभित्रै छ सबै-सबै रँग
फूलहरूसँगै जानीनजानी याे अाेठले पुकार्याे केवल तिम्रै नाम

म प्यासी भई ढले जब एक्लै, थाेरै बर्बरायाे केही भन्न खाेज्दै
कहाँ माग्थ्याे सास, कहाँ माग्थ्याे पानी, याे अाेठले पुकार्याे केवल तिम्रै नाम

अाफैलाइ अाफैदेखि याे कस्ताे रिहाइ दिएकाे छु
यी अाँखाबाट तिमीलाइ अन्तिम बिदाइ दिएकाे छु

तिमी फूल थियाै कि मधुशाला, मताउन मात्र अाउथ्याै
अाइन्दा नअाउनु फर्केर, झर्केर बताइदिएकाे छु

सब गुमाए, टुक्रा जमिन बचाए, अाफ्नाे मसान बनाउन
त्यहि तिम्राे सुन्दर मूर्ती बनाइदिएकाे छु

गुनासाे केही छैन, मात्र झस्कन्छु कहिलेकाही
यतिका वर्ष काे पराइसँग बिताइदिएकाे छु ?

हे 'वाचा' अाफै लजाइस् है उनलाइ भुल्छु भन्दा
नपिउने वाचामा अर्काे पेग उठाइदिएकाे छु

मेरै चाेटकाे भर्याङ चढी पुग्याै तिमी त्यति माथी
तिमीलाइ अनि अाफ्नै चाेटलाइ बधाई दिएकाे छु

याे सन्ध्या, याे साँझ
चरीसँगै फर्केकाे छु
जहाँ भेट्थ्याै सधैभरी
त्यहीनिर पर्खेकाे छु
रँगैरँगकाे फूल बनी जीवनमा मेराे
तिमी अाउछ्याै, अाउदिनाै
भन न

छायाँ थिए यी गल्ली
साथी थिए यी बाटाे
हेर्दैछु, कुर्दैछु
त्यही चाेक, त्यही दाेबाटाे
याे रातलाइ साक्षी राखी
तारासँगै फर्केकाे छु
राेकेर समय याे
तिमीलाइ पर्खेकाे छु
शीतल जून बनी जीवनमा मेराे
तिमी अाउछ्याै, अाउदिनाै
भन न

न दाेष तिम्राे
न दाेष मेराे
खेल हाे समयकाे
समयकै हेरफेर हाे
सम्झनाकाे गीत गाउदै
बताससँगै फर्केकाे छु
रूझ्दैछु याे झरीमा
अझै पनि पर्खेकाे छु
सधै भरी मेरी बनी जीवनमा मेराे
तिमी अाउछ्याै, अाउदिनाै
भन न

तिमी त हमेशा याद अाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ
मलाइ तिमी पछि सताउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

म त पानी बनी बर्सिदिन सक्छु तिम्राे साउने यामहरूमा
मलाइ झरीमा भेटाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

एकातिर तिमी हाै जीवन मेरी, अर्काेतिर देश तड्पीरहेछ
अाशु झारी अर्काेदिन बाेलाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

न हुन्थ्याे याे धर्ती, न हुन्थ्याे याे अाकाश, त कसरी हामी भेटीन सक्थ्याै ?
याे माटाेमै माया फलाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

बाटाे

बिचराे
खुद याे बाटाेलाइ था छैन
याे बाटाेकाे टुप्पाे का गएर मिल्छ ?

याे बाटाेकाे नाउ जसकाे नाउमा राख्या छ
याे बाटाेकाे कुनै साइनाे छैन तीसँग नी
बिचराे खुद याे बाटाेलाइ था छैन
काे थिए ती  ?
कैले थिए ती  ?
वा साच्ची थिए कि थिएनन् ती  ।

खन्दाखन्दै बाटाे
जाे बनिसके माटाे
तीन्लाइ बरू पुग्नुथ्याे
अाफ्ना बालखाकाे ठुटे सपनासम्म
अाफ्नी जहानकाे अधुरा रहरसम्म
किन्तु
अाफै हिड्न पाएनन् तीन्ले
अाफैले खनेकाे बाटाेमाथी  ।

अचेल याे बाटाेमाथी हिडेर
खुब कुद्छन्
माेटर, खच्चड र ढुँगाजस्ता पैतलाहरू
जाे याे फित्तेदार राजमार्गकाे
अजङ्ग नाउ देखेर झुक्दै प्रणाम गर्छन्  ।

सबका सब पैतला
बाटाे कुल्चेर अघि बढ्छन्
बाटाे खन्दाखन्दै माटाे बनेकालाइ
कुल्चेर अघि बढ्छन् ।

साच्ची  !
कति भयानक छ
याे बाटाेकाे सहयात्रा  ।
(2072-01-03)

मञ्जुर ?

अब पाउरोटीको सोफामुनी रातारात भेटिदैछ
चटपट खाएर फालेका पुराना कागज
यहि कागज थमाएर शीतलहरको हातहातमा
यो मौसम बाड्दैछ एक हिउदको संविधान
के मञ्जुर हुनुहुन्छ ?

सर्वोच्च चाेमोलुङ्मालाइ कुप्री पर्न लगाएर
धरहरा अझ अग्लीदैछ
कतै घोषणा हुन बेर छैन
नया सर्वोच्च शीखर 'धरहरमाथा'
के मञ्जुर हुनुहुन्छ ?

खोलीमा छरेर मन्द विष
सुस्ताएको माछा हेरेर बोल्छन् नाथ
कति शान्त छ मेरो घर
सुत्न देउ यहि स्थिर चिहानमा
यिह एकल धार्मीक सभामा सुत्न
के मञ्जुर हुनुहुन्छ ?

तपाइलाइ कागज मात्र चाहिएको हो भने
टन्नै छन् डम्पीङ साइडहरू
खोज्नु  ।
(Jan 11, 2015)

तिमि नदिभै

तिमि नदिभै बगीरहन्छ्याै
म किनारामा रूझ्दै एक्लै रमाउछु
म बगरकाे मान्छे
तिमि सागरकाे मान्छे

सूर्यकाे घाम सक्दिन म दिन
शीतल जूनकाे उजेली दिनेछु
नदाज मलाइ कुनै तारासँग
ताराभन्दा बढि म जलिदिनेछु
तिमि चरीझै उडिरहन्छ्याै
म धर्तीमा तिम्राे छाया पछ्याउछु
म धर्तीकाे मान्छे
तिमि अाकाशकाे मान्छे

छ केही त संघार मनमा
सायद त्यसैले केही भन्दिनाै
मैले खाेले याे दिलकाे अाकाश
तिमि त अह केही बाेल्दिनाै
तिमि अर्कै संसार राेज्दैछ्याै
म भने यात्रामा तिमिलाइ खाेज्दैछु
म डुँगाकाे मान्छे
तिमि ढुँगाकाे मान्छे