जब छाप्रो जल्छ


जब छाप्रो जल्छ
तब युद्ध चल्छ

तिमि रोप्छौ बारुद
कहाँ शान्ति फल्छ ?

हात पसार्छौ पारि
वारि देश बल्छ

तेर्साउदैमा राइफल
योद्धा कहाँ गल्छ ?

ल्याउछ युगले आँधी
कालो सत्ता ढल्छ

2 comments (Click here to Comment):

किशोर चाम्लिङ said...
This comment has been removed by the author.
किशोर चाम्लिङ said...

ढल्छ पक्का ढल्छ.. छोटो मीठो गजल, तर कसैलाई असाध्यै पिरो पनि हुनसक्छ...

Post a Comment