याे सन्ध्या, याे साँझ

May25,

याे सन्ध्या, याे साँझ
चरीसँगै फर्केकाे छु
जहाँ भेट्थ्याै सधैभरी
त्यहीनिर पर्खेकाे छु
रँगैरँगकाे फूल बनी जीवनमा मेराे
तिमी आउछ्याै, आउदिनाै
भन न

छायाँ थिए यी गल्ली
साथी थिए यी बाटाे
हेर्दैछु, कुर्दैछु
त्यही चाेक, त्यही दाेबाटाे
याे रातलाइ साक्षी राखी
तारासँगै फर्केकाे छु
राेकेर समय याे
तिमीलाइ पर्खेकाे छु
शीतल जून बनी जीवनमा मेराे
तिमी आउछ्याै, आउदिनाै
भन न

न दाेष तिम्राे
न दाेष मेराे
खेल हाे समयकाे
समयकै हेरफेर हाे
सम्झनाकाे गीत गाउदै
बताससँगै फर्केकाे छु
रूझ्दैछु याे झरीमा
अझै पनि पर्खेकाे छु
सधै भरी मेरी बनी जीवनमा मेराे
तिमी आउछ्याै, आउदिनाै
भन न

माटाेले बाेलाएकाे छ

तिमी त हमेशा याद अाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ
मलाइ तिमी पछि सताउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

म त पानी बनी बर्सिदिन सक्छु तिम्राे साउने यामहरूमा
मलाइ झरीमा भेटाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

एकातिर तिमी हाै जीवन मेरी, अर्काेतिर देश तड्पीरहेछ
अाशु झारी अर्काेदिन बाेलाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

न हुन्थ्याे याे धर्ती, न हुन्थ्याे याे अाकाश, त कसरी हामी भेटीन सक्थ्याै ?
याे माटाेमै माया फलाउन सक्छ्याै अहिले माटाेले बाेलाएकाे छ

बाटाे

बिचराे
खुद याे बाटाेलाइ था छैन
याे बाटाेकाे टुप्पाे का गएर मिल्छ ?

याे बाटाेकाे नाउ जसकाे नाउमा राख्या छ
याे बाटाेकाे कुनै साइनाे छैन तीसँग नी
बिचराे खुद याे बाटाेलाइ था छैन
काे थिए ती  ?
कैले थिए ती  ?
वा साच्ची थिए कि थिएनन् ती  ।

खन्दाखन्दै बाटाे
जाे बनिसके माटाे
तीन्लाइ बरू पुग्नुथ्याे
अाफ्ना बालखाकाे ठुटे सपनासम्म
अाफ्नी जहानकाे अधुरा रहरसम्म
किन्तु
अाफै हिड्न पाएनन् तीन्ले
अाफैले खनेकाे बाटाेमाथी  ।

अचेल याे बाटाेमाथी हिडेर
खुब कुद्छन्
माेटर, खच्चड र ढुँगाजस्ता पैतलाहरू
जाे याे फित्तेदार राजमार्गकाे
अजङ्ग नाउ देखेर झुक्दै प्रणाम गर्छन्  ।

सबका सब पैतला
बाटाे कुल्चेर अघि बढ्छन्
बाटाे खन्दाखन्दै माटाे बनेकालाइ
कुल्चेर अघि बढ्छन् ।

साच्ची  !
कति भयानक छ
याे बाटाेकाे सहयात्रा  ।
(2072-01-03)



Watch Full playlist

Road safety documentary by SAIM college: Amish Sharma Bishad



Watch Full playlist

मञ्जुर ?

Jan11,

अब पाउरोटीको सोफामुनी रातारात भेटिदैछ
चटपट खाएर फालेका पुराना कागज
यहि कागज थमाएर शीतलहरको हातहातमा
यो मौसम बाड्दैछ एक हिउदको संविधान
के मञ्जुर हुनुहुन्छ ?

सर्वोच्च चाेमोलुङ्मालाइ कुप्री पर्न लगाएर
धरहरा अझ अग्लीदैछ
कतै घोषणा हुन बेर छैन
नया सर्वोच्च शीखर 'धरहरमाथा'
के मञ्जुर हुनुहुन्छ ?

खोलीमा छरेर मन्द विष
सुस्ताएको माछा हेरेर बोल्छन् नाथ
कति शान्त छ मेरो घर
सुत्न देउ यहि स्थिर चिहानमा
यिह एकल धार्मीक सभामा सुत्न
के मञ्जुर हुनुहुन्छ ?

तपाइलाइ कागज मात्र चाहिएको हो भने
टन्नै छन् डम्पीङ साइडहरू
खोज्नु  ।
(Jan 11, 2015)

तिमि नदिभै

Jan4,

तिमि नदिभै बगीरहन्छ्याै
म किनारामा रूझ्दै एक्लै रमाउछु
म बगरकाे मान्छे
तिमि सागरकाे मान्छे

सूर्यकाे घाम सक्दिन म दिन
शीतल जूनकाे उजेली दिनेछु
नदाज मलाइ कुनै तारासँग
ताराभन्दा बढि म जलिदिनेछु
तिमि चरीझै उडिरहन्छ्याै
म धर्तीमा तिम्राे छाया पछ्याउछु
म धर्तीकाे मान्छे
तिमि आकाशकाे मान्छे

छ केही त संघार मनमा
सायद त्यसैले केही भन्दिनाै
मैले खाेले याे दिलकाे आकाश
तिमि त अह केही बाेल्दिनाै
तिमि अर्कै संसार राेज्दैछ्याै
म भने यात्रामा तिमिलाइ खाेज्दैछु
म डुँगाकाे मान्छे
तिमि ढुँगाकाे मान्छे

बुर्का

Oct5,

सरकारको पोस्टबक्समा
भख्खर खसालेको छु उपहार 
'बुर्का'।

अब त चाल पाओस् सरकारले पनि
निस्सासिनुको सहि अर्थ ।

प्रत्यक बिहान हेरोस् ऐना
र देखोस् आफ्नो कालो शरीर
वा देखाओस् आफैलाइ कालो झण्डा ।

अबदेखि
म चाहि लाउनेछैन बुर्का ।

जो रोक्दैछ मेरो उडान
सरकार !  तिमीलाइ मेरो उपहार भो 'बुर्का' ।

(असोज १९, २०७१)