अब पाउरोटीको सोफामुनी रातारात भेटिदैछ
चटपट खाएर फालेका पुराना कागज
यहि कागज थमाएर शीतलहरको हातहातमा
यो मौसम बाड्दैछ एक हिउदको संविधान
के मञ्जुर हुनुहुन्छ ?
सर्वोच्च चाेमोलुङ्मालाइ कुप्री पर्न लगाएर
धरहरा अझ अग्लीदैछ
कतै घोषणा हुन बेर छैन
नया सर्वोच्च शीखर 'धरहरमाथा'
के मञ्जुर हुनुहुन्छ ?
खोलीमा छरेर मन्द विष
सुस्ताएको माछा हेरेर बोल्छन् नाथ
कति शान्त छ मेरो घर
सुत्न देउ यहि स्थिर चिहानमा
यिह एकल धार्मीक सभामा सुत्न
के मञ्जुर हुनुहुन्छ ?
तपाइलाइ कागज मात्र चाहिएको हो भने
टन्नै छन् डम्पीङ साइडहरू
खोज्नु ।
(Jan 11, 2015)