नदेउ मलाई, अब भ्रम नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
यो यात्रालाई यतै, कतै रोकौ बिन्ती
दोबाटोमा मुस्कुराउदै आजै छुटौ बिन्ती
नदेउ अब भो, क्रन्दन नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
एकदिन, सधैभर, एकनास रहन्न
नाम रहला, सधै सास रहन्न
नदेउ आसु, झन-झन नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
रहर त थ्यो, फूलहरू झै बाँच्ने
केहि पल गुन्गुनाउने, केहि क्षण हाँस्ने
नदेउ भरोशा, धड्कन नदेउ
सक्दिन सम्हाल्न, मलाई प्रेम नदेउ
सिसाको बत्ती, मन बन्द अलमारी
सहरमा मानवता, अखबारी भो अखबारी
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
म माटोबाट उठेर पुगे शिखरमा
फेरि कतै अल्झे, लडे म भीरमा
उठेर जाने बाटो बिर्सिए
अध्यारोमा एक्लै, एक्लै तर्सिए
बाटो देखाउने थियौ इन्द्रेनी
पाइला मिलाउने थियौ मितिनी
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
ढुँगाको जङ्गलले ढुँगा नै पुज्छ
ढुँगाको मान्छे, मन ढुँगाकै हुन्छ
निरस दिन, निरस जिन्दगी
यतै रोकिजा, बस् ! जिन्दगी
हरियालीमा लाने थियौ बयली
शितल दिने थियौ जुनेली
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
कहाँ हरायौ ? ओ प्यारा जुनकिरी !
जब कोइलीले नै सुनाउन थाल्छ गीत
शिकारीको तारिफमा,
जब जरायोहरू नै नाँच्न थाल्छन्
बन्दुकको तालमा,
तब बुझ्नुस्
यो समय बौलाएको छ,
या यो भन्दा अघिको समय
अहिलेसम्म बौलाउदै आएको थियो ।
प्यादाहरू जसरी चल्छन्
कहिले चेसको सेतोमा
कहिले चेसको कालोमा,
ठिक त्यसरी नै
सिँगो देश उभीएको छ
जेब्राक्रसमा यतिखेर ।
यतिखेर जता पनि जान सक्छ देश,
सेतोमा या कालोमा ।
कुनै वेपरवाह मदहोस चालक हुत्तिएर आएर
फेरि धकेल्न सक्छ कोसौ पछाडि,
या कुनै पुरानो थोत्रो मालवाहक सवारी आएर
फेरि किच्न सक्छ यो देशको छाती ।
जेब्राक्रसमा छ यतिखेर देश,
आफ्नो नजर चारैतिर घुमाउनुहोस्,
आफ्नो पाइला दर्होसँग टेक्नुहोस्,
अब पार गर्नुछ यो भत्केको सडक
अनि मुक्त हुनुछ गोलचक्करको जेब्राक्रसबाट ।
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
भाग्नुछ खै को-को बाट ? अन्त्य खै कसलाई थाहा छ
हर चिजको मोल-मोलाई छ
हर खबर तलाई छ, मलाई छ
परालले बनेको छ दुनिया
र हर एक हातमा सलाई छ
मुस्कुराउन नसकेनि, बेवशीको माया लाग्छ
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
आँखा बन्द छैन, म सब देख्छु
एकजोर कानले सबथोक सुन्छु
सालिकझै शालिन बन्नुछ
जुगौदेखि नै म चुप छु
समयलाई किन्न नसकेनि, हर घडीको माया लाग्छ
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
निभाउनुछ छातीको आगो
टुटाउनुछ आदर्शको धागो
झुठलाई सलाम गर्नुछ
सत्यलाई गाड्नुछ नाँगो
नैतिकतालाई जलाएनी, सम्झी सम्झी माया लाग्छ
जिउनुमा लगाव होइन तर जिन्दगीको माया लाग्छ
केहि गल्ती नजानेर, केहि जानेर थपथाप गरे
जिन्दगीको रङ्गमन्चमा अभिनय सार्है खराब गरे
म भेटीन्छु मेरै मनको जराहरूमा, हाँगाहरूमा
गोसाइकुण्डमा भेटे बुझ्नु, केहि त मैले पाप गरे
कामयाबीको लिस्नोमाथि एक्लोपनको हु्स्सु चल्दा
ओैला भाँची-भाँची बुँझे, मात्र घाटाको हिसाब गरे
परेलीमा झर्यो निदरीको शीत
निदरीको शीतसँग बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
न बसेम् चौतारीमा, न भयो बात
नबोले नि, नभेटे नि, लाग्छ छु साथ
ओठ अचेल डुल्छ मन्द मुस्कान सित
त्यो मुस्कानसित बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
टाढिएर बस्दा लाग्छ झन् बाँधिएछु
....
परेलीमा झर्यो निदरीको शीत
निदरीको शीतसँग बस्यो मलाई प्रित
प्रितको मेरो हो यो एउटा गीत
यादको पस्मीनामा मन्द बयली
घामलाई के हुन्छ, ग्रहण भएनी
डुब्नेहरू आसु साँच्छन्
डुबाउनेलाई चासो छैन
धुवाँ पर्खाल, धुँवा संसार
साचो-झूठो थाहा छैन
त्यहि नै छ सडक मन, झरी परेनि
घामलाई के हुन्छ, ग्रहण भएनी
.....
यादको पस्मीनामा मन्द बयली
घामलाई के हुन्छ, ग्रहण भएनी
जूनको तस्वीर जलाएर
कागजमा धुँवाको बादल सजाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
अर्को वसन्तमा म फूल्छु, फूल्दिन
कठोर झरी खै भुल्छु, भुल्दिन
पहिरो झर्ने भीरमा मेरो घर बनाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
हिडे कति पाइला, मैले गनेको छैन
बाकि छ कति, कसैलाई भनेको छैन
पखेटा उनेर समयको, सपनीको जहाज बनाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए
जूनको तस्वीर जलाएर
कागजमा धुँवाको बादल सजाए
जिन्दगीका पानाहरू पन्छाएर
कल्पनाको एउटा संसार बसाए

