सलाम ! बिहानी

Source: http://blogbishad.blogspot.com
जब शीतका थोपाहरु
कर्कलाका पातमा ढलपल गर्छन्
जब रतिकि्रडामा व्यस्त नवजोडिहरु
अचानक शिथील हुन्छन्
तब दुई कोस टाढाको दुरीमा
कुनै कुकुर रात आउने प्रतिक्षामा
गृहकार्य गर्न शुरु गर्दछ
ऊ सबै कुकरहरुको गोप्य जमघट बोलाउछ
रहस्मयीरुपमा
केही विदेशी कुकरहरु
केही स्वदेशी कुकरहरु
पुच्छर हल्लाउदै आईपुग्छन्
प्रत्येकका आँखाहरु फेरी रात ल्याउन कसरत गर्दै छन्
प्रत्येकका मस्तिष्कमा नौलो योजना छ
कोही टोक्न चाहन्छन् कोही भुक्न चाहन्छन्
काही लुक्न चाहन्छन् कोही लुछ्न चाहन्छन्
तर
प्रत्येक घरका झ्यालबाट फलीने फोहोरका थुप्राहरु
जब शरीरमा फालीएको पाउछन्
सबै दौडधुप गर्न थाल्छन्
म गाइँगुई हल्ला सुन्छु
चोकमा पुग्छु र हेर्छु
मुख्य कुकुर झुण्डाईएको छ
उसको नवनिर्मीत सालीक ढालिएको छ
म भित्रभित्रै अत्यन्त खुशी हुन्छु
अनी हर्षका दुईथोपा आशु झार्दै
पूर्वको झुल्के घामको स्वागत गर्छु
सलाम ! बिहानी

१ःलालसलाम अङ्कः१
२ःस्वविवेक साप्ताहिक ०६३ फागुण १९

0 comments (Click here to Comment):

Post a Comment